![१६४ दिनपछि पार्टी राजनीतिमा फर्किए रवि लामिछाने [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Rabi_returned_to_partyoffice_18_knALtAcsVW.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने १६४ दिनपछि पार्टी राजनीतिमा फर्किएका छन् ।
पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन सोमबार पार्टी कार्यालय वनस्थली पुगेका लामिछानेले समर्थकहरूलाई सम्बोधन गर्दै सरकारले अहिले पनि आफूमाथि षड्यन्त्र गरिरहेको दाबी गरेका छन् ।
सहकारी ठगी मुद्दामा छानबिनका लागि कात्तिक २ गते शुक्रबार पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ परेका उनी सोमबारबाट पार्टी राजनीतिमा फर्किएका हुन् ।