०१ साउन २०८३, शुक्रबार

डिशहोमले ईजभीजको वाइफाइ आईपी क्यामेरा बिक्री गर्ने

चैत १८, २०८१
काठमाडौं
डिशहोमले ईजभीजको वाइफाइ आईपी क्यामेरा बिक्री गर्ने

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै इन्टरनेटसँगै सुरक्षा निगरानीका लागि वाइफाइ आईपी क्यामेरा पनि उपलब्ध गराउने भएको छ ।

यसका लागि ईजभीज र हाईकभिजनको नेपाल वितरक शारदा समूहको भगिनी संस्था वत्सल इम्पेक्स प्राइभेट लिमिटेडसँग डिशहोम इन्टरनेटले साझेदारी गरिसकेको छ ।

घर निगरानी राख्नका लागि ईजभीजले उत्पादन गर्ने वाइफाइ आईपी क्यामेराहरू विश्वभर अग्रणी स्थानमा पर्दछ ।

क्यामेरा उत्पादक तथा इन्टरनेट सेवा प्रदायकको यो सहकार्यले शहरी र अर्ध–शहरी घरपरिवारहरूमा भरपर्दो र स्मार्ट निगरानीका लागि प्रयोग हुने क्यामेराको बढ्दो मागलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ।

उच्च–ब्यान्डविथका आवासीय इन्टरनेटको व्यापक उपलब्धतासँगै, नेपालीहरूले पनि आफ्नो इन्टरनेटसँग जोडिन सक्ने स्मार्ट उपकरणहरूको खोजी बढ्दो रूपमा गरिरहेका बेला इन्टरनेट सेवा र वाइफाइ आईपी क्यामेरा एकअर्काका पूरक हुने भएकाले डिशहोमले आफ्ना वाइफाइ आईपी आवश्यकता महसुस गरेका ग्राहकहरूलाई आफ्नो देशैभर रहेको डिलर दाइको नेटवर्कमार्फत वाइफाइ आईपी क्यामेरा उपलब्ध गराउनेछ ।​​

डिशहोम र ईजभीजको सहकार्यले डिशहोमका प्रयोगकर्ताहरूको लागि झन्झटमुक्त वाइफाइ आईपी क्यामेरामार्फत आफ्नो घरको सुरक्षा सुनिश्चित गर्न सहज बनाउने र निरन्तर ग्राहकलाई सेवा प्रदान गर्नेछ ।​​​

ईजभीजको उन्नत निगरानी क्यामेराहरूमा उच्च भिडियो गुणस्तर, नाइट भिजन, मोसन डिटे क्सन क्षमता र मोबाइल एपहरूमार्फत सहजै पहुँच पाउन सकिने  जस्ता सुविधाहरू उपलब्ध छन्  ।

जसले गर्दा विश्वसनीय सुरक्षा समाधानहरू खोज्ने आधुनिक घरधनीहरूको लागि ईजभीजको प्रोडक्ट उत्कृष्ट हुने कम्पनीले जनाएको छ ।​ ​

डिशहोमको इन्टरनेट पूर्वाधार र ईजभीजको नवीन तथा विश्वसनीय सुरक्षा सामग्रीको साथ पाएपछि ग्राहकहरूले अब घरमा सुरक्षित वातावरणको आनन्द लिन सक्ने कम्पनीको विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्