१० साउन २०८३, आइतबार

निसान मोटर इन्डियाले २०२५ मै नयाँ फाइभ-सिटर एसयूभी र सेभेन-सिटर बी-एमपीभी सार्वजनिक गर्ने

चैत २०, २०८१
काठमाडौं
निसान मोटर इन्डियाले २०२५ मै नयाँ फाइभ-सिटर एसयूभी र सेभेन-सिटर बी-एमपीभी सार्वजनिक गर्ने

निसान मोटर इन्डियाले आफ्नो हालको प्रोडक्ट-लाइनअपमा नयाँ सेभेन-सिटर बी-एमपीभी थप्ने घोषणा गरेको छ ।

हालसालै जापानको योकोहामामा सम्पन्न ‘ग्लोबल प्रोडक्ट सोकेस इभेन्ट’मा निसानले भारतको लागि लक्षित दुई नयाँ उत्पादनहरू प्रदर्शनसमेत गरेको थियो ।

यो घोषणा, निसानको भारत बजारको लागि लक्षित योजनाअनुरूप छ, जसअन्तर्गत आफ्ना ग्राहकहरूको बढ्दो आकांक्षाअनुरुप हालका उत्पादनहरूलाई परिमार्जन गरी प्रस्तुत गर्ने योजना रहेको छ ।​

यसअन्तर्गत परिमार्जित गाडीहरू तीव्र गतिमा वृद्धि भइरहेको बी-एमपीभी, सी-एसयूभी जस्ता सेगमेन्टका साथै नयाँ निसान म्यागनाइटले नेतृत्व गरेको बी-एसयूभी सेगमेन्टमा पनि उपलब्ध गराइनेछ । निसानको लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटो कर्पले नेपाली बजारमा पनि यो लाइन-अप सार्वजनिक गर्ने घोषणा गरेको छ ।

निसानको नयाँ सेभेन-सिटर बी-एमपीभी(मल्टि-पर्पस भेहिकल)को पहिलोपटक विश्वव्यापी सार्वजनिक प्रदर्शनसँगै निसानको ‘प्लान्ड प्रोडक्ट-अफेन्सिभ’ रणनीति शुरू भएको छ । उक्त सेभेन-सिटर, निसानको भारतको प्रोडक्ट-पोर्टफोलियोमा नयाँ (ब्रान्ड-न्यु) सदस्यको रूपमा थपिने छ, जुन सन् २०२५ को आर्थिक वर्षमा सार्वजनिक गरिने छ ।

त्यसपछि, पहिले नै घोषणा गरिएको फाइभ-सिटर सी-एसयूभी (कम्प्याक्ट स्पोर्ट्स युटिलिटी भेहिकल) आर्थिक वर्ष सन् २०२६ को सुरुवातमा सार्वजनिक गरिनेछ । कम्पनीले दुई नयाँ टिजरहरू सार्वजनिक गरेको छ जसले दुवै सवारी साधनहरूको ‘डेभलवमेन्ट र टाइमलाइन’ पुष्टि गर्दछ । बी/सि र डीएसयूभी सेगमेन्टका भारतीय ग्राहकहरूका लागि ४ नयाँ उत्पादनहरू सार्वजनिक गर्ने लक्ष्यतर्फ नै निसान मोटर इन्डिया अघि बढिरहेको छ ।

null

नयाँ सी-एसयूभी, निसान पट्रोलको डिजाइनबाट प्रेरित छ । यो सी-एसयूभीले प्रतिष्ठित निसान एसयूभीको डिएनए प्रस्तुत गर्दै निसानको विश्वव्यापी रूपमा परिचित उच्च विश्वसनीयता, प्रिमियम निर्माण शैली, र अत्याधुनिक प्रविधि प्रदान गर्नेछ ।​​

अर्कोतर्फ निसानको सेभेन-सिटर बी-एमपीभीले आफ्नो खरिदमा अधितम लाभ खोज्ने ग्राहकहरूलाई उत्कृष्ट मूल्यमा उत्कृष्ट फाइदा, गुणस्तर र सहजता प्रदान गर्नेछ । निसानको बी-एमपीभीले निसानको विशिष्ट डिजाइन फिलोसोफिमा पृथक रहेको ‘मस्कुलर स्टाइलिङ’ प्रस्तुत गर्नेछ । यो बी-एमपीभी, सवारीको आनन्दमा सम्झौता नगरी सबै यात्रुहरूका लागि उत्कृष्ट आराम सुनिश्चित हुनेगरी डिजाइन गरिएको छ ।

भारतको वार्षिक आन्तरिक विक्री र निर्यात (एनुअल डोमेस्टिक सेल्स एन्ड एक्स्पोर्टस्)मा १,००,००० इकाईको महत्त्वाकाङ्क्षी लक्ष्य हासिल गर्ने दिशामा निसान अघि बढिरहेको छ । यस लक्ष्यलाई साथ दिन, कम्पनीले दुवै नयाँ उत्पादनहरू चेन्नइस्थित ‘अलायन्स जेभि प्लान्ट’मा स्थानीय रूपमा नै उत्पादन गर्नेछ ।

नयाँ निसान म्याग्नाइटको सफलतामा आधारित हुँदै, निसानले भारतमै निर्माण गरी विश्वभर निर्यात गरिने नयाँ सी-एसयूभी पनि प्रस्तुत गर्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्