३० जेठ २०८३, शनिबार

सवारी दुर्घटनामा चार जनाको मृत्यु

चैत २३, २०८१
काठमाडौं
सवारी दुर्घटनामा चार जनाको मृत्यु

मोरङ, सप्तरी र बझाङमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । 

मोरङको रतुवामाई नगरपालिका-६ त्रिभुवन चोकमा को ९ प ७२९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको  छ।

प्रहरीका अनुसार शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई नगरपालिका-१ कल्याणपुर बस्ने ४२ वर्षीय सोम टुडु र  मोटरसाइकलमा सवार उनकै श्रीमती ३५ वर्षीया वामनी हेमरमको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसैगरी, सप्तरीको बोदेबर्साइन नगरपालिका-५ जाजरमा मधेश प्रदेश ०१-००४ प ८३३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक डाक्नेश्वरी नगरपालिका-५ पातो बस्ने ३१ वर्षीय ओम प्रकाश चौधरीको मृत्यु भएको छ । 

दुर्घटनमा गम्भीर घाइते भएका उनको जीवन ज्योती अस्पताल बोदेबर्साइनमा उपचारका क्रममा मृत्यु भएको हो ।  दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।       

यस्तै, बैतडीको दशरथचन्द नगरपालिका-११ स्थित सडकमा बी-एसी ५६५९ नम्बरको बोलेरो जीप अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा जीपमा सवार पंचेश्वर गाउँपालिका-५ बस्ने ५४ वर्षीय चञ्चले दयालको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्