२२ असार २०८३, सोमबार

९.६६ अङ्कले बढ्यो नेप्से, ४ अर्बको कारोबार

चैत २७, २०८१
काठमाडौं
९.६६ अङ्कले बढ्यो नेप्से, ४ अर्बको कारोबार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) सामान्य अङ्कले बढेको छ । बुधबार नेप्से परिसूचक ९.६६ अङ्कले बढेर २६७६.२८ को विन्दुमा कायम भएको हो ।

आज बजारमा १ करोड ७३ हजार ८२२ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो कारोबारका दिन मङ्गलबार परिसूचक ३.४४ अङ्कले घटेर २६६६.६१ को विन्दुमा बन्द भएको थियो । साथै ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार रुपैयाँको कारोबार भएको थियो । 

आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।

त्यस्तै, सिन्धु विकास बैंक र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।

कारोबारका आधारमा एनआरएन इन्फास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड ४२ करोड ७५ लाख ६८ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ ।

बुधवार बजार पुँजीकरण ४४ खर्ब ४६ अर्ब रुपैयाँ बढी रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्