
त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले दिएको राजीनामा स्वीकृत भएको छ ।
विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बरालको राजीनामा स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ ।
बरालले व्यक्तिगत कारण देखाउँदै केही दिन अगाडि राजीनामा दिएका थिए ।
उनी गत वर्ष फागुन १० गते त्रिविको उपकुलपति नियुक्त भएका थिए ।