२८ जेठ २०८३, बिहीबार
सत्ताबाहिर रहँदाको छटपटी

कांग्रेस फकाउन प्रचण्डको 'नयाँ कार्ड' !

चैत २९, २०८१
काठमाडौं
कांग्रेस फकाउन प्रचण्डको 'नयाँ कार्ड' !

सत्ताबाट हठात् बाहिरिनुपरेको एकवर्ष नबित्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा फेरि सत्ताको छटपटी देखिएको छ । आलोपालो माओवादीबाट प्रयोग भएपछि कांग्रेस र एमालेले २०८० असारमा नयाँ समीकरण बनाएका थिए ।

प्रचण्ड प्रधानमन्त्रीबाट हट्नुपरेको थियो । त्यसयता सत्तालाई गाली गर्न छाडेका थिएनन् । तर, बिहीबार एक टेलिभिजनसँग कुराकानी गर्दै प्रचण्डले कांग्रेससँग सत्ता सहकार्य गर्न तयार रहेको बताए ।

सरकारको जग नै कमजोर भएको भन्दै प्रचण्डले कांग्रेस फकाउन 'नयाँ कार्ड' फालेका छन् । कांग्रेसले चाहे नयाँ सरकारमा जान वा बाहिरै बसेर समर्थनका लागि मात्रै पनि तयार रहेको प्रस्ट्याए । 

‘यो सरकारको जग कमजोर भइसक्यो । अबको कोर्स भनेको कांग्रेससहित शान्ति सम्झौताका सहयात्री दलहरू एक ठाउँमा उभिनु हो,’ प्रचण्डले भनेका छन्, ‘नेपाली कांग्रेसले चाहेअनुसार गर्न तयार छु । हामी कांग्रेसलाई बाहिरबाटै समर्थन गर्न र सरकारमै सहभागी हुन परे पनि उहाँहरूकै भनाइअनुसार गर्न तयार छौं ।’

आलोपालो सत्ता साझेदारीका लागि ७ बुँदे सहमति गरेर एमाले अध्यक्ष केपी शर्मा ओली २०८१ असारमा प्रधानमन्त्री बनेका थिए । 

‘देशका ठूला दलहरू नेपाली कांग्रेस र एमालेले मुलुकलाई स्थायित्व दिन र देशलाई परिवर्तनका लागि सरकार बनाएका हुन्,’ ओलीले बुटवलमा शुक्रबार आयोजित कार्यक्रममा भने, ‘यो सरकार (गठबन्धन) आगामी निर्वाचनसम्मै जान्छ । सरकार ढल्न त के, हल्लिन पनि हल्लिँदैन ।’ 

आलोपालो सहमतिअनुसार ओली अझै १४ महिना प्रधानमन्त्रीको पदमा रहनेछन् ।

कांग्रेससँग भएको सहमतिको एक साता अगाडि नै राजीनामा दिने ओलीले पटक–पटक बताउँदै आएका छन् । सत्ता सहयात्री कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री ओलीलाई पटक–पटक भरोसा दिलाइसकेका छन् ।

कांग्रेसभित्र सरकारको कामलाई अझै प्रभावकारी बनाउनुपर्ने आवाज छ । तर, डा. शेखर कोइरालाबाहेक कुनै पनि नेताले संयुक्त सरकारको विरोध गरेका छैनन् । 

प्रचण्डले यस्तो दाबी गरेकै भोलिपल्ट प्रधानमन्त्री ओलीले कांग्रेससँगको सरकार सामान्य हलचलसमेत नहुने दाबी गरेका छन् । 

‘देशका ठूला दलहरू नेपाली कांग्रेस र एमालेले मुलुकलाई स्थायित्व दिन र देशलाई परिवर्तनका लागि सरकार बनाएका हुन्,’ ओलीले बुटवलमा शुक्रबार आयोजित कार्यक्रममा भने, ‘यो सरकार (गठबन्धन) आगामी निर्वाचनसम्मै जान्छ । सरकार ढल्न त के, हल्लिन पनि हल्लिँदैन ।’ 

उनीहरूले एक अर्काप्रति विश्वास देखाइरहेका बेला प्रचण्डले ओली सरकार एक वर्ष पनि नजाने आशय व्यक्त गरेका छन् । जुनसुकै बेला सरकार गिर्न सक्ने दाबी गर्दा प्रचण्डले ओलीलाई जालझेल गर्ने र देउवासँग आफ्नो विश्वास रहेको जिकिरसमेत गरेका छन् । 

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली प्रचण्ड अस्थिरताको पर्यायवाची भएको बताउँछन् । ‘प्रचण्डमा जिम्मेवार राजनीतिक नेताको विशेषता छैन । सत्ताबाट बाहिररिनुपर्दाको छटपटीमा उहाँ हुनुहुन्छ । एमाले र कांग्रेसबीच दुरी बढाउने, बदला लिने र जसरी हुन्छ सत्तामा जानेभन्दा उहाँको कुनै उद्देश्य नै छैन । उहाँको पछिल्लो अभिव्यक्ति अस्थिरता निम्त्याउन खोज्ने लामो प्रयासको कडी हो । प्रचण्ड अस्थिरताको पर्यायवाची नाम हो ।’

कांग्रेस र एमालेबीच नै खेलेर सहकार्य बन्ने नदिने र बने पनि भत्काउन खोज्ने प्रचण्डको स्वभाव रहेको उनले बताए ।

‘प्रचण्डजी कांग्रेस र हामीबीच सहकार्य शुरूमै नहोस् भन्नेमा हुनुहुन्थ्यो । दुई ठूला दललाई खेलाएर सत्तामा टिकिरहने उहाँको सोच हो । शुरूबाटै समीकरणलाई असफल बनाउन लाग्नुभयो । कांग्रेसका नेताले हामीसँगै प्रचण्डले धेरैपटक मिलेर जाऊँ भनेर प्रस्ताव गर्नुभयो भन्नुभएको छ,’ ज्ञवालीले भने, ‘यसपटक प्रचण्डले आफ्नो प्रयासको वास्तविकता बाहिर ल्याउनुभयो । हामीलाई अनपेक्षित लागेको छैन । एमाले र कांग्रेसबीच उच्च समझदारी छ । सरकारलाई अझै प्रभावकारी बनाएर जानुपर्छ भन्नेमा छौं ।’ 

कांग्रेस महामन्त्री गगन थापाले समेत प्रचण्डले कांग्रेससँग सत्ता सहकार्यको प्रस्ताव गरेको सार्वजनिक कार्यक्रममै बताएका थिए । 

आफूलाई हठात् हटाइएको भन्दै एमालेसँग समीकरण बनाएको केही समयदेखि नै प्रचण्डले कांग्रेससँग सत्ता सहकार्यको प्रस्ताव गर्दैआएको नेताहरूले दाबी गरेका छन् । 

null

व्यवस्थाविरुद्ध हमला हुँदाको फाइदा प्रचण्डले उठाउन खोजेको आरोप ज्ञवालीको छ । 

‘हामीले ठूलो त्याग र तपस्या गरेर ल्याएको व्यवस्था हो यो । यही गणतान्त्रिक व्यवस्थामाथि एकथरिले हमला गरिरहेका छन् । यस्तो बेला प्रणालीलाई थप बलियो बनाउन लाग्नुपर्ने हो,’ ज्ञवालीले भने, ‘तर, प्रचण्डजीको अभिव्यक्ति अस्थिरता मच्चाउने र गैरजिम्मेवारीपना देखाउने खालको मात्रै छ ।’

माओवादीसहितकै विपक्षी दलले सरकारमाथि अनावश्यक दबाब बढाउने र नागरिकमा चरम निराशा पैदा गर्नेगरी मिसन नै चलाएका थिए । प्रमुख २ ठूला दलको बलियो अंकगणितको सरकारलाई अनावश्यक खुइल्याउन माओवादीसहितका विपक्षी दल लाग्दै आएका थिए ।

यसैको फाइदा उठाउँदै राजावादी पार्टी र समूहले चैत १५ गते काठमाडौंमा वितण्डा नै मच्चाए । सोही दिन समाजवादी मोर्चाकै कार्यक्रममासमेत प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र र प्रधानमन्त्री ओलीप्रति कटाक्ष गरेका थिए ।

तर, तीनकुनेमा दुईजनाको ज्यान जानेगरी हिंसात्मक झडप, आगजनी, लुटपाट र तोडफोडका घटनाको विवरण आएपछि भने प्रचण्ड केही नरम सुनिएका थिए । यसैले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको विषयमा प्रचण्डले प्रमुख दलसँग उभिने निर्णय लिए । 

राजावादीको यही व्यवस्थाविरोधी क्रियाकलापले सत्तारुढ दललाई समेत एक ठाउँमा उभिएर प्रतिवाद गर्नुपर्ने, नागरिकको निराशा चिर्नेगरी काम गर्नुपर्ने दबाब बढेको छ । राजावादी दल र समूहको विरोधले सरकारलाई थप बलियो बनाएको छ । तर, यही बेला प्रचण्डले एमालेमाथि दबाब बढाएर कांग्रेस फकाउने कार्ड फ्याँकेका हुन् । 

माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले अध्यक्षले बोलिसकेको विषयमा कुनै टिप्पणी नगर्ने बताए । 

राजनीतिक विश्लेषक केशव दाहाल राजनीति छाडेर दलालीतिर लाग्दा नेताहरूले सत्तापछि सत्तामात्रै देख्ने गरेको बताउँछन् । 

‘साँच्चै राजनीति गर्ने हो भने गणतन्त्रमाथि अहिले चुनौती छ । आँट हुनेले यो चुनौतीलाई चिरौं भनेर खुला आह्वान गर्नुपर्ने हो । एजेन्डातिर मुलुकलाई फर्काउनुपर्ने हो । सेवा प्रवाहलाई बलियो बनाउने, भ्रष्टाचार अन्त्य गर्ने र संघीयतालाई बलियो बनाउन कसरी बनाउने भनेर विपक्षमा भए पनि रचनात्मक सुझाव दिनु र अग्रसरता लिनुपर्ने हो,’ दाहाल भन्छन्, ‘तर, सरकारका ठाउँमा उही व्यक्ति, उही प्रणालीमा दल अदलबदल हुँदा नयाँ पुस्तालाई झन् लोकतन्त्रप्रति भरोसा हुँदैन । एमालेलाई हटाएर कांग्रेस र माअ‍ोवादीको सरकारले पनि अहिलेको चुनौतीलाई सामना गर्छ भन्ने कुनै ग्यारेन्टी छैन । प्रचण्डले गरेको सत्ताको दलाली मात्रै हो ।’ 

सत्ताभित्रै खेल्न खोज्दा गुमेको थियो प्रचण्डको पद

२०६४ सालयता माओवादी एक–दुईपटकबाहेक सत्ताबाहिर कम नै बसेको छ । २०७९ को चुनावमा माओवादीले कांग्रेससँग तालमेल गरेको थियो । तर, २०७९ पुस १० गते प्रचण्डले कांग्रेसलाई धोका दिएर एमालेसँग मिल्दै सरकारको नेतृत्व गरे । तर, विश्वासको मत लिने बेलामा कांग्रेसको पनि साथ लिए । राष्ट्रपति कांग्रेसलाई दिनेगरी प्रचण्डले समझदारी गरेपछि एमाले, रास्वपा र राप्रपा सत्ताबाट बाहिरिन पुगे । सत्तामा कांग्रेसको प्रवेश भयो । तर, कांग्रेसले सत्तामा अप्ठ्यारो नपारे पनि प्रचण्डले फेरि देउवालाई धोका दिए ।

कांग्रेस सभापति देउवाले नै एमालेका नेतालाई प्रचण्डबाट सत्ता सहकार्यको प्रस्ताव आयो भनेपछि उनको सत्ता धरापमा परेको थियो । आलोपालो प्रचण्डले आफूहरूलाई धोका दिएको समान बुझाइपछि देउवाले ओलीसँग सत्तामा आलोपालोको समझदारी गरेका थिए ।

२०८० फागुनको तेस्रो साता प्रचण्डले एमालेलाई सरकारमा भित्र्याए । तर, एमालेसँगै हुँदा सरकारमा कांग्रेसलाई ल्याउने गरी संवाद गरे । कांग्रेस सभापति देउवाले नै एमालेका नेतालाई प्रचण्डबाट सत्ता सहकार्यको प्रस्ताव आयो भनेपछि उनको सत्ता धरापमा परेको थियो । आलोपालो प्रचण्डले आफूहरूलाई धोका दिएको समान बुझाइपछि देउवाले ओलीसँग सत्तामा आलोपालोको समझदारी गरेका थिए ।

अघिपछिको समझदारी मौखिक हुने गरेको थियो । तर, २०८१ असार १७ गते भएको ७ बुँदे सहमतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमार्फत सार्वजनिक गरे । यसरी ‘पब्लिक अडिट’मा लगेको विषयमा धोका नहुने भन्दै कांग्रेस र एमाले झण्डै १० महिनायता सत्ता साझेदारीमा छन् । तर, सत्ताबाहिर बसेका प्रचण्डले उनीहरूको समझदारीमा खेल्न छाडेका छैनन् । 


 

salt training

कमेन्ट गर्नुहोस्