
एक वर्ष थपिने छ, यानी उमेर बढ्ने छ ।
साल लेख्दा, एक अंक थपिने छ ।
सदा झै सूर्य, पूर्वबाटै उदाउने छ ।
पानी तलै बग्नेछ, हावा चल्ने छ ।
हुन्छ यहाँ के ? नयाँ वर्ष थपिएर
मानौं एक ऊर्जा आउनेछ भलै
टिक्छ टिक्दैन थाहा छैन, तथापि
केही क्षण गम्भीर हुनेछ, केही गर्छु भनेर
तानाबाना बुनेर, एक मनुवा सोच्नेछ ।
गर्छु अवश्य केही भनेर, थाहा छैन कति अड्चन भनेर
ऊ हिँड्छ केही गर्न लम्किन्छ, एक यात्री बनेर
बिचरा न बढ्नु फकर्नु हुन्छ यहाँ भनेर
नयाँ एक वर्ष थपियो, ऊर्जा सबैमा जगायो ।
एक मनुवा रमायो ,अव केही गर्छु भनेर
योजना बुनेर मन गुनेर, तर हात बाँधिएको छ
पाइला रोकिएको छ, अवरोध व्यवधान बनेर ।
भत्काउँ अवरोध, खोलौं होस, मानव बनेर
नयाँ वर्ष साच्चिकै बनाउँ, नयाँ चेत खोलेर
हरेक दिन, पल क्षण कीमती नयाँ छ भनेर।
जागौं जुटौं, नयाँ वर्ष भोग्न, कर्मशील बनेर