२९ जेठ २०८३, शुक्रबार

सुन्दरहरैँचामा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन शुरू

बैशाख ६, २०८२
मोरङ
सुन्दरहरैँचामा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन शुरू

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसमा आजदेखि पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन शुरू भएको छ ।

‘उच्च शिक्षामा दिगोपन : स्थानीय र विश्वव्यापी ज्ञानको एकीकरण’ नाराका साथ आयोजित सम्मेलनमा शिक्षाका विविध आयामबारे छलफल हुनुका साथै स्थानीय र वैश्विक ज्ञानको आदानप्रदान अनुसन्धान तथा शैक्षिक सहयोग अभिवृद्धिका सम्बन्धमा विचारविमर्श हुने सम्मेलन आयोजक समितिका संयोजक गणेशप्रसाद दाहालले जानकारी दिए ।​​

यसैबीच, सुन्दरहरैँचामा तेस्रो मेयर कप फूटबल प्रतियोगिता पनि आजै अपरान्हदेखि हुँदैछ ।

नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा मोरङ र सुनसरीका विभिन्न पालिकाबाट आठ वटा फूटबल टिमबीच प्रतिस्पर्धा हुने समितिका सदस्य सचिव खड्ग श्रेष्ठले जानकारी दिए ।

यही वैशाख १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उपाधि जित्ने टोलीलाई नगद रू चार लाख र उपविजेतालाई रु दुई लाख प्रदान गरिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्