२७ जेठ २०८३, बुधबार

कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय

बैशाख ९, २०८२
काठमाडौं
कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय

यही वैशाख ११ गतेदेखि तय भएको कक्षा १२ को वार्षिक परीक्षा नरोकिने भएको छ । 

मंगलबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा निर्धारित मितिमै सञ्चालन गर्ने निर्णय गरेको हो । 

बोर्डले यसअघि यही वैशाख ११ देखि २४ गतेसम्म सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरिसकेको छ । 

देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेकाले परीक्षा के हुने भन्ने अन्योल थियो ।

तर, बोर्डले  सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समितिमार्फत परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको हो । 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाको तयारी भइसकेकाले तोकिएकै मितिमा गर्ने निर्णय भएको जानकारी दिए । 

शिक्षकले नमाने अन्य सरकारी कर्मचारी राखेर भएपनि परीक्षा सञ्चालन गर्ने बोर्ड बैठकले निर्णय गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्