२३ असार २०८३, मंगलबार

गभर्नर नियुक्तिसम्बन्धी रिट न्यायाधीश पौडेल र ढकालको इजलासमा

बैशाख ९, २०८२
काठमाडौं
गभर्नर नियुक्तिसम्बन्धी रिट न्यायाधीश पौडेल र ढकालको इजलासमा

गभर्नर नियुक्ति विवादसम्बन्धी रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा पेशी चढेको छ ।​

लगातार २ दिनसम्म हेर्न नभ्याइनेमा परेको रिट मंगलबार पनि सूचीको अन्तिमतिर (थ) नम्बरमा छ ।

आइतबार न्यायाधीशद्वय हरि फुयाँल र नित्यानन्द पाण्डे तथा सोमबार महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा पेसी चढेको रिट हेर्न नभ्याइनेमा परेको थियो ।

अधिवक्ता विशाल थापालगायतले दायर गरेको रिट अन्तरिम आदेशसम्बन्धमा सुनुवाइका लागि पेसी चढेको हो ।

६५ वर्षे उमेर हदसम्बन्धी विषय समेटिएको मापदण्ड तत्काल कार्यान्वयन नगर्न न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

सोही आदेशलाई निरन्तरता दिने कि नदिने भनेर दुवै पक्षलाई बोलाई सुनुवाइ गर्न लागिएको हो ।

साथै, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्ने तयारीविरुद्ध पूरक निवेदन समेत परेको छ । 

salt training

कमेन्ट गर्नुहोस्