०३ असार २०८३, बुधबार
कृषि कर्ममा युवा प्राध्यापक

चार जना ‘डिग्री होल्डर’ युवाले सञ्चालन गरेको व्यवसायिक कृषि फर्म

बैशाख १३, २०८२
बुटवल
चार जना ‘डिग्री होल्डर’ युवाले सञ्चालन गरेको व्यवसायिक कृषि फर्म

बुटवल उपमहानगरपालिका–१५ मा कृषि उद्यम गर्दै आएका राजेश कुँवर पक्लिहवा कृषि क्याम्पस, रूपन्देहीका  उपप्राध्यापक हुन् । अध्यापन र कृषि कर्मसँगै अघि बढाएका उनीसँगै चार जना प्राध्यापकहरूको ‘टीम’ले चम्कीपुरमा फोकस मल्टी एग्रो कन्सर्न एण्ड रिसर्च प्रालि चलाएका छन् । कुँवरका ‘पार्टनर’ किरण तिमिल्सेना पनि दाङको पृथु टेक्निकल कृषि क्याम्पसका उपप्राध्यापक हुन् । तिमिल्सेना पनि पढाएर फर्किएपछि बचेको समय फर्ममा तरकारी र फलफूल स्याहार्न व्यस्त हुन्छन् । 

कृषि प्रशिक्षक सरोज भट्टराई अर्घाखाँचीको एग्रो फरेष्टी बहुप्राविधिक शिक्षालयमा पढाएर बचेको समयमा बुटवल झरेर फर्ममा आइपुग्छन् । कृषि नै अध्ययन गरेका विवेक ज्ञवाली पनि फर्मका ‘टीम मेम्बर’ हुन् । उनले पनि व्यवसायिक किसानलाई विभिन्न प्राविधिक तालिम दिँदै आएका छन् । 

चार जना ‘डिग्री होल्डर’ युवाले सञ्चालन गरेको व्यवसायिक र प्रविधिमैत्री उद्यम धेरैको अध्ययन/अवलोकनको थलो पनि बनेको छ । खेतीको कुरा गरौं, कुराको खेती नगरौँ भन्ने मान्यता राख्ने उनीहरू भन्छन्, ‘नेपाल बन्छ, जब युवा देशमै बस्छ, अबको कृषि व्यवसायिक नै हुनुपर्छ ।’

प्राध्यापकसँगै आफूहरूलाई व्यवसायिक कृषक भन्न रूचाउने उनीहरूले फर्म सञ्चानलमा ल्याएको पाँच वर्ष भयो । कृषिमा राम्रो सम्भावना देखेर रमाइरहेका ‘डिग्री होल्डर’ प्राध्यापक सबैको उदाहरणीय बनेका छन् । ‘कृषि गर्नुपर्छ भन्ने त धेरै अघिदेखि मनमा आएको थियो,’ फर्मका प्रमुख कुँवर भन्छन्, ‘मैले पहिले प्रोजेक्टमा काम गरेको थिएँ, किसानहरूसँग नजिक भएर काम गर्दा कृषि गर्नुपर्छ भन्ने लागेको थियो । शुरूमा सामान्य लगानी गरेर हामीले शुरू गरेको उद्यमले चार वर्ष पूरा गर्दा हामी सन्तोषजनक लाभको अवस्थामा छौं ।’ दिगो जीवनपद्धतिका लागि कृषिको रूपान्तरण जरुरी रहेको कुँवर बताउँछन् । 

३० कट्ठा जग्गा भाडामा लिएर उनीहरूले केही वर्ष पहिला मात्रै कृषि कर्म शुरूआत गरेका थिए । कृषि क्षेत्र अध्ययन र बुझेका विशाल पन्थीले फर्मको व्यवस्थापन हेर्दै आएका छन् । 

null

अहिले लटरम्म फलेका तरभुजा टिपेर बजार पठाउन व्यस्त छन् । तरबुजासँगै तरकारी ड्रागन फु्रट, कागती, अम्बा र काक्रा पनि राम्रो छ । डेढ विघा जग्गा दश वर्षको लागि भाडामा लिएर शुरूआत भएको फर्ममा अहिले एक विघाभन्दा बढीमा तरबुजा खेती छ  । सञ्चालक कुँवर भन्छन्, ‘साढे ४ कठ्ठाभन्दा बढीमा कागती खेती भैरहेको छ भने साढे ३ कठ्ठा बढीमा ड्रागन फ्रुटको खेती भइरहेको छ । दुई हजार रूपैयाँ प्रतिकठ्ठा तिर्नेगरी १० वर्षको लागि जग्गा भाडामा लिएका छौं, प्रतिवर्ष १० प्रतिशतका दरले भाडा वृद्धि गर्नेसमेत सम्झौता छ ।’

दुई वर्ष वर्ष नमूना परीक्षणको रूपमा खेती गरेको तरबुजा राम्रो उत्पादन भएको छ । यो वर्ष कम्तीमा ४ लाखको तरबुजा बिक्री गर्ने लक्ष्य छ । अहिले तरबुजा धमाधम बजारमा खपत भइरहेको छ । 

बजारका विभिन्न स्थानमा उनीहरूले ‘अटो रिक्सा’फर्मत् बिक्री गर्दै आएका छन् । स्वदेशी माटोमा पहिलो पटक उत्पादन गरेको सरस्वती, आरोही र विशाला नामको तरबजुरमा उपभोक्ताको रोजाइमा छ । अहिले फोकस एग्रोमा उत्पादन भएका तरबुजा ‘स्थानीय उत्पादन उपभोग गरौं स्थानीय किसानलाई प्रोत्साहन गरौं’ अभियान पनि चलाइएको छ । 

उनीहरूले उत्पादन गरेको आरोही, विशाला र सरस्वती जातको तरबुजाको माग बढी छ । सरस्वती जातको तरबुजा बढी रोजाइमा पर्ने गरेको उनी बताउँछन् । 
फर्ममा नै आएर ताजा तरबुजा किनेर लैजान उनीहरूले प्रोत्साहनसमेत गर्ने गरेका छन् । उनीहरूले सवारी साधनमार्फत् घुम्ती रूपमा बुटवलका विभिन्न स्थानमा समेत बिक्री गर्दै आएका हुन् । उनीहरूको उत्पादन लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पुगिरहेको छ । 

फर्ममा गएर छानीछानी तरबुजा किनेर ल्याउन र खान पनि पाइन्छ । उनीहरूले दुई वर्षअघि लगाएको सयपत्री फूल खेतीको उत्पादन पुर्‍याउन हम्मेहम्मे परेको थियो । ड्रागन फ्रुटसँगै उनीहरूले नियमित रूपमा मौसमी र बेमौसमी तरकारी खेतीसमेत गर्दै आएका छन् । 

युवाहरूको फर्ममा गण्डकी, बागमती, कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट किसान समूह, प्राविधिक (कृषि) क्षेत्रका विद्यार्थी साथै सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरू समेत अवलोकनका लागि आउने गरेका छन् । 

कृषि क्षेत्रमा अध्ययन गरेका युवाहरूको प्रत्यक्ष निगरानीमा उत्पादन भएका कृषिजन्य उपज शतप्रतिशत विषादीरहित रहेको ग्यारेन्टीसमेत फर्मले गर्दै आएको छ । 

सामाजिक सञ्जाल, टिकट, रिललगायत मनोरञ्जनका सामग्री बनाउन फर्ममा आउनेहरू पनि छन् । उनीहरूले उत्पादित वस्तु प्रर्दशन गर्ने, खाने र टिकटक र रिल बनाउने स्थानसमेत बनाएका छन् ।

उनीहरूले गड्यौला पनि उत्पादन गर्छन् । ‘हाम्रो फर्ममा जिल्लाका किसान, कृषक समूह स्कूल/कलेजका विद्यार्थी अवलोकन भ्रमण गर्न आउछन्,’ विवेक भन्छन्, ‘साथै जेटीए, आइएसी एजी र कृषि प्राविधिक धार र कक्षा ९ देखि १२ मा अध्ययन गर्ने विद्यार्थीको ओजेटी र डब्लूइपी (सिकाइ केन्द्र) थलोको रूपमा पनि रहेको छ ।’ 

फर्ममा दुई जना पूर्णकालीन र २ जना पार्टटाइम र १० जना बढी सिजनल कामदारले रोजनगारीसमेत पाएका छन् । उनीहरूले फर्मको लागि राज्यबाट पनि केही अनुदान पनि पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्