२९ जेठ २०८३, शुक्रबार

लबिम मलमा नयाँ स्टोरसहित पिज्जा हटको सेवा विस्तार

बैशाख १३, २०८२
काठमाडौं
लबिम मलमा नयाँ स्टोरसहित पिज्जा हटको सेवा विस्तार

नेपालको पिज्जा ब्रान्ड पिज्जा हटले ललितपुरको प्रमुख व्यापारिक केन्द्र लबिम मलमा नयाँ स्टोरको उद्घाटन गर्दै आफ्नो सेवा विस्तार गरेको छ ।

पिज्जा हट नेपालको लागि आधिकारिक फ्रेन्चाइजी, देवयानी इन्टरनेशनल नेपाल प्रालिद्वारा सञ्चालनमा ल्याइएको यो नयाँ स्टोर ललितपुर जिल्लाको पहिलो पिज्जा हट शाखा हो । 

यो स्टोर काठमाडौं उपत्यकाभित्रको छैटौं र देशभर नवौं शाखा हो, जसले पिज्जा हटको देशव्यापी विस्तारलाई अझ सुदृढ बनाएको कम्पनीको दाबी छ । 

पिज्जा हट लबिम मल स्टोर बिहान ११ बजेदेखि राति ११ बजेसम्म खुला रहनेछ । १३७० वर्गफुटमा फैलिएको यस स्टोरमा एकैपटक ४४ जना ग्राहक आरामपूर्वक बस्न सक्ने क्षमता रहेको छ । 

यहाँ पिज्जा हटका चर्चित सिग्नेचर पिज्जाहरू विभिन्न स्वादिष्ट टपिङ्ससहित उपलब्ध छन् । साथै, पास्ता, एपेटाइजरहरू लगायतका अन्य परिकारहरूले ग्राहकको विविध स्वादको अपेक्षा पूरा गर्ने कम्पनीले जनाएको छ । 

null

शुक्रबार भएको ग्रान्ड ओपनिङ कार्यक्रममा उत्साहजनक वातावरण, स्वादिलो खाना र स्थानीय समुदायसँगको अन्तरक्रियाले यो अवसरलाई विशेष बनायो । 

साथै, ग्राहकका लागि विशेष छुट र अफर उपलब्ध गराइएको छ, जसले उनीहरूको अनुभवलाई अझै अविस्मरणीय बनाउनेछ।

पिज्जा हटका सबै रेस्टुरेन्टहरूले उच्चतम स्वच्छता र सुरक्षाका मापदण्ड पालना गर्ने प्रतिवद्धता जनाएका छन्, जसले ग्राहकहरूलाई आत्मविश्वासका साथ डाइन-इन, टेकअवे वा डेलिभरी सेवाको अनुभव प्रदान गर्छ ।

ग्राहकले विभिन्न डेलिभरी प्लेटफर्ममार्फत् पनि आफ्नो मनपर्ने पिज्जा अर्डर गर्न सक्ने कम्पनीले जनाएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्