२३ जेठ २०८३, शनिबार

नोरा फतेही नेपाल आउने

बैशाख १८, २०८२
काठमाडौं
नोरा फतेही नेपाल आउने

भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही जेष्ठ ३ गते नेपाल आउने भएकी छन्। बिहीबार राजधानीको सुकेधारामा योजना गरिएको पत्रकार सम्मेलनमा शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउन लागेको आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले बताए । 


कार्यक्रममा नेपाली कलाकारहरुमा गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, प्रशेस पाण्डेलगायतले पनि प्रस्तुती दिने आयोजक तथा इभेन्ट म्यानेजर मनिष कार्कीले बताए । 

उनका अनुसार बौद्धस्थित हायातको चौरमा ‘नोरा फतेही लाइभ इन नेपाल’ शीर्षकमा कार्यक्रम हुनेछ । 

जेष्ठ ३ को इभेन्टको लागि खल्ती एपमा गएर २, ४, ७ र १६ हजार दरको टिकेट बुक गर्न सकिने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्