०९ असार २०८३, मंगलबार

काठमाडौंका फुटपाथमा जोखिमपूर्ण यात्रा, पाइला पाइलामा अवरोध [तस्वीरहरू]

बैशाख २०, २०८२
काठमाडौं
काठमाडौंका फुटपाथमा जोखिमपूर्ण यात्रा, पाइला पाइलामा अवरोध [तस्वीरहरू]

काठमाडौं उपत्यकामा दैनिक लाखौं मानिस फुटपाथमा पैदल हिँड्छन् ।

काठमाडौंमा जताततै फुटपाथ अतिक्रमित छ । भएका फुटपाथ पनि हिँड्नलाई असुरक्षित छन् । 

दृष्टि भएकाहरूलाई समेत असहज फुटपाथमा दृष्टिविहीनलाई हिँड्न निकै समस्या छ । फुटपाथमा हिँड्न पाइला पाइलामा अवरोध छन् । अपूरो निर्माण र खाल्डाखुल्डीले गर्दा कतिबेला दुर्घटना हुने ठेगान छैन ।

null

नेपाल विद्युत प्राधिकरणले अहिले काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको छ । 

प्राधिकरणले फुटपाथ नै कब्जा गरेर आफ्ना उपकरण तथा निर्माण सामग्री राखेको देखिन्छ । यसले गर्दा फुटपाथमा हिँड्न समस्या छ । साथै कतिपय ठाउँमा ढुंगा बिछ्याउन फुटपाथ भत्काइएको छ । 

null

हतारमा भत्काउने तर बनाउन समय लगाउने भएकाले राजधानीबासी धराप फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । कतिपय ठाउँमा फुटपाथमै सवारीसाधन पार्किङ गरिँदा पनि पैदल यात्रुलाई हिँड्न समस्या भएको छ ।

हेरौं थप तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्