२७ जेठ २०८३, बुधबार

एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा

बैशाख २५, २०८२
काठमाडौं
एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा

एनसेलले आफ्नो ग्राहक सेवालाई थप विस्तारित गर्दै नयाँ अवधारणाका साथ ‘एनसेल सप इन सप’ सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो पहिलो सप इन सप भैरहवामा बिहीबार सञ्चालनमा ल्याएको हो ।

भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा विक्रेता न्यू लुम्बिनी ए टू जेड मोबाइलसँगको साझेदारीमा एनसेलले आफ्नो यो पहिलो सप इन सप सञ्चालन गरेको हो । 

एक कार्यक्रममाझ बिहीबार एनसेलका चिफ अफ स्टाफ स्टिवन रोड्रिगेजले यो एनसेल सप इन सपको उद्घाटन गरे । 

सप इन सपबाट ग्राहकले एनसेलका सेवा, सुविधा सम्बन्धी साधारण सोधपुछदेखि सम्पूर्ण सेवा एनसेल सेन्टरबाट जस्तै गरी लिन सक्छन् । ग्राहकहरूले सिम लिने, रिचार्ज गर्ने, केवाईसी अपडेट गर्ने, सिम स्वामित्व पुनः प्रमाणिकरण गर्ने, लोकप्रिय सधैं अन रिन्यूअल जस्ता प्याकहरु, सेवा, सुविधा लिने, ईसिममा अपग्रेड गर्ने, इन्टरनेट सेटिङ मिलाउने लगायतका विविध ग्राहक सेवा लिन सक्ने कम्पनीले जनाएको छ । 

null

‘अब हाम्रा ग्राहकहरूले सबै ग्राहक सेवा नजिकको पायक पर्ने सप इन सपबाटै लिन सक्नेछन् । आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको यो पहिलो सप इन सप एक उदाहरण हो । यस अवधारणा अनुरूप हामीले देशैभर विभिन्न स्थानमा थप सप इन सपह सञ्चालनमा ल्याउने योजना अनुसार काम गरिरहेका छौं जसले हाम्रो ग्राहक सेवा अझ विस्तारित र राम्रो बनाउने छ’, रोड्रिगेजले भने, ‘हाम्रो थिम ‘हामी तपाईंकै लागि’को मूल मर्म अनुसार ग्राहकलाई सेवा प्रदान गर्न सधैं प्रतिबद्ध छौं ।’ 

रोड्रिगेजले उद्घाटनको अवसरमा सप इन सपमा आई ‘स्पिन एन्ड ब्हिल’ खेलेका अगन्तुकलाई विभिन्न उपहार पनि वितरण गरेका थिए । 

null

आइतबारदेखि शुक्रबार हप्ताको ६ दिन यस सप इन सपले ग्राहकलाई सेवा प्रदान गर्नेछ । आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३३ वटा एनसेल सेन्टर पनि सञ्चालन गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्