०६ असार २०८३, शनिबार
घुमफिर

अन्नपूर्ण चक्रीय पदमार्ग : विश्व चर्चित आकर्षक पर्यटकीय गन्तव्य [तस्बिरहरू]

बैशाख २७, २०८२
काठमाडौं
अन्नपूर्ण चक्रीय पदमार्ग : विश्व चर्चित आकर्षक पर्यटकीय गन्तव्य [तस्बिरहरू]

सडक निर्माण गरी पदमार्ग मास्नाले अन्नपूर्ण चक्रीय पदमार्गको मौलिकता मासिँदै गएको छ । तैपनि यसको लोकप्रियता अझैपनि उस्तै छ । 

अन्नपूर्ण क्षेत्रका सुन्दर पहाड लगायत त्यस क्षेत्रको विविध सामाजिक, आर्थिक र सांस्कृतिक पक्षहरूको अवलोकन तथा पद पर्यटनमा रमाउनेहरुका लागि एक उत्तम गन्तव्य हो, अन्नपूर्ण चक्रीय पदमार्ग  । 

    विविध परम्परागत गाउँघरहरू, गाउँले परिवेश, भिन्न संस्कार र संस्कृति, हिउँले ढाकिएको विशाल पर्वतहरू पदयात्राको क्रममा देख्न र अनुभूत गर्न पाइने हुँदा यस पदमार्ग विश्व चर्चित बनेको छ ।

यस पदमार्ग अन्तर्गत ६ जिल्ला पर्ने गर्दछन् । जसमा बागलुङ, कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी । मनाङको बेसीशहरबाट पदयात्रा सुरु गरेर करिब २५ दिनमा कास्कीको पोखरा पुग्न सकिन्छ ।

यस पदमार्गमा अन्नपूर्ण हिमशृङ्खला (अन्नपूर्ण पहिलो र चौथो), धौलागिरी, माछापुच्छ्रे, मनासलु, गंगापूर्ण, हिउँचुली, टुकुचे चुचुरो, तिलिचो चुचुरो, पिसाङ चुचुरो, थोरोङ चुचुरो र पाउङ्दा डाँडा लगायत ६०००-८००० मिटर उचाइका अन्य धेरै चुचुराहरू आँखै अगाडि देख्न पाइन्छ ।

यस चक्रीय पदमार्ग अन्तर्गत पर्ने थोरोङ ला भन्ज्याङ (५,४१६ मिटर) अन्नपूर्ण पदयात्रा क्षेत्रको सबैभन्दा लोकप्रिय र सुन्दर भन्ज्याङ मध्ये एक हो । यो मनाङ र मुस्ताङ जिल्लाको बिचमा अवस्थित छ ।

यस पदयात्रा दुवै तर्फबाट सुरु गर्न सकिन्छ तर ८०% भन्दा बढी पदयात्रीहरू बेसीशहरबाट सुरु गर्छन्। यद्यपि, कहिलेकाहीँ डिसेम्बरदेखि फेब्रुअरीसम्म जाडो मौसममा भारी हिउँ परेमा थोरोङ ला भन्ज्याङ चुनौतीपूर्ण बन्ने गर्दछ । 

विश्व चर्चित यस पदमार्गमा अहिले सडक निर्माण हुँदा पदयात्रा छोटिएको छ । पहिले बेसीशहरबाट हिँड्दा पाँचौं दिनमा मनाङ गाउँ पुगिन्थ्यो भने अहिले काठमाडौँबाट सवारी साधनमा हिँडेकै दिन मानिसहरू मनाङ गाउँ पुगेर बास बस्छन् ।

त्यस्तै बाग्लुङ–पोखरा सडकखण्डको नयाँपुलबाट यात्रा शुरू भएको पाँचौं दिनमा पदयात्री अन्नपूर्ण बेसक्याम्प पुग्ने गरेकोमा अहिले तीन दिनमै पुग्छन् ।

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्