२३ जेठ २०८३, शनिबार

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पंखा’

जेठ २, २०८२
काठमाडौं
गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पंखा’

गर्मीले पठनपाठन प्रभावित हुन थालेपछि सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयमा ‘एक कक्षा, एक पंखा’ कार्यक्रम लागू गरेको छ ।  

कार्यक्रमअन्तर्गत पहिलो चरणमा शुक्रबार नगरप्रमुख महेशप्रसाद चौधरीले विद्यालयका प्रधानाध्यापकलाई कक्षा कोठाको संख्या अनुसार तीन सय ३० थान ‘सिलिङ पंखा’ वितरण गरेका हुन् ।

नगरपालिकाले आफ्नो १५औं नगरसभाबाट चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘एक कक्षा, एक पंखा’ कार्यक्रम तय गरेअनुसार विद्यालयलाई पंखा वितरण गरिएको नगरप्रमुख चौधरीले बताए ।

‘चर्को गर्मीले विद्यार्थीको पठनपाठन प्रभावित भएपछि एक कक्षा, एक पंखा हुनुपर्ने उद्देश्य राखेर पंखा वितरण गरिएको हो । पंखा नपुगेका विद्यालयमा आवश्यकताअनुसार पुनः वितरण गर्नेछौं’, चौधरीले भने । 

लहान नगरपालिकामा ५९ वटा सामुदायिक विद्यालय छन् । तीमध्ये १७ माध्यमिक र ४२ वटा आधारभूत विद्यालय छन् । कक्षा कोठामा पंखा नहुँदा गर्मी मौसममा विद्यार्थी पढाइ छाड्ने गरेका पाइएपछि नगरको उक्त कार्यक्रममार्फत पंखा वितरण गरिएको नगरको शिक्षा शाखाका कर्मचारी अमिरीप्रसाद यादवले बताए । उनले यो कार्यक्रम प्रभावकारी हुने विश्वास समेत व्यक्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्