
गभर्नर सिफारिस समितिको बैठक शुरू भएको छ ।
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस गर्न अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको सिफारिस समिति बैठक अर्थमन्त्रालयमा मंगलबार अपरान्ह शुरू भएको हो ।
समितिमा अर्थमन्त्री पौडेलका अलावा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलपछि अर्थमन्त्री पौडेलले समितिको बैठक बोलाएका थिए ।
सिफारिस समिति बनेको लामो समय भए पनि बैठक बस्न सकेको थिए ।
समितिले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल, डेपुटी गभर्नर नीलम ढुंगाना तिमिल्सिनासहित ३ जनाको नाम सिफारिस गर्ने सम्भावना छ ।
ओली र देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति भइसकेको छ ।
सिफारिस समिति बैठकलगत्तै मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । उक्त बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना छ ।