२९ असार २०८३, सोमबार
गभर्नर नियुक्ति विवाद

गभर्नरमा विश्व पौडेलको योग्यता नपुग्ने भन्दै परेको रिट दर्ता नहुने, दरपीठ आदेश सदर

जेठ ६, २०८२
काठमाडौं
गभर्नरमा विश्व पौडेलको योग्यता नपुग्ने भन्दै परेको रिट दर्ता नहुने, दरपीठ आदेश सदर

विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन नमिल्ने जिकिरसहितको रिट दरपीठ गर्ने प्रशासनको निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ ।

पौडेललाई गभर्नर नियुक्त गर्न योग्यता नपुग्ने जिकिरसहित अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दायर गरेको रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो ।​

त्यसविरुद्ध परेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले मंगलबार दरपीठ आदेश सदर गरिदिएको हो ।

राजनीतिक दलको कार्यकर्ता रहेकाले पौडेललाई गभर्नर बनाउन नमिल्ने जिकिर रिटमा गरिएको थियो ।

यद्यपि, कांग्रेसले भने काठमाडौं विश्वविद्यालयमा अध्यापनका लागि पौडेलले २ वर्षअघि नै क्रियाशील सदस्यता त्यागिसकेको दाबी गरेको छ ।

मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्