२९ जेठ २०८३, शुक्रबार

कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

जेठ ७, २०८२
काठमाडौं
कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण गरिएको छ । मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच कृतिको लोकार्पण गरिएको हो । साहित्यिक पत्रकार संघको आयोजनामा भएको समारोहमा सांसद डा. अमरेशकुमार सिंहसहित अतिथिहरूले कृतिको लोकार्पण गरेका हुन् । 

कृति लोकार्पण गर्दै सांसद सिंहले राजनीतिले देशलाई विभाजन गरेको भन्दै साहित्यले जोड्नुपर्ने धारणा राखे । उनले पृथ्वीनारायण शाहले देशलाई एकीरण गरेको सन्दर्भ निकाल्दै यतिबेला साहित्यकारहरूले आफ्नो कलमका माध्यमबाट देशलाई जोड्नुपर्ने बताए । ‘राजनीतिले ढुंगा हान्न सिकाउँछ, देश झन्‌झन् अद्योगतितर्फ छ । सचेत नागरिकले आफ्ना सिर्जनामार्फत् कडा रूपमा खबरदारी गर्नुपर्ने समय छ, यसका लागि म सबैमा आग्रह गर्दछु’, उनले भने । 

कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहालले कृतिमाथि टिप्पणी गरेका थिए । उनले उपन्यासभित्रका पात्रबारे क्रुरता र ममता दुवै भाव रहेको उल्लेख गरे । 

साहित्यिक पत्रकार संघका अध्यक्ष लेकालीले डा. उपाध्यायका कृतिहरूको चर्चा गरे । यस्तै गायक एवं संगीतकार सागर अधिकारी ‘घायल’ले डा. उपाध्यायको छोरी बिदाइ गर्दाको गीत ‘आफ्नै प्रस्तुत गरेका थिए । 

कलाकार मदनदास श्रेष्ठ, उत्तम केसी, खनाल सेवा समाजका महासचिव माधव खनाल, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, गायक/संगीतकार सन्तोष श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्दै डा. उपाध्यायको कृतित्व र व्यक्तित्वबारे चर्चा गरेका थिए । कलाकार मदनदासले महिशासुर नाटकको सानो अशं सम्वादसहित अभिनयसमेत प्रदर्शन गरेका थिए ।

null

सर्जक डा. उपाध्यायले आफूले हाम्रै समाज र परिवेशका घटनाक्रमलाई साहित्यमार्फत उजागर गर्ने गरेको बताए । विश्व कीर्तिमान राख्ने उद्देश्यले काम नगरेको भए पनि गर्दै जाँदा कीर्तिमानहरू थपिँदै गएको उनले सुनाए । कार्यक्रममा प्रवासमा बसेर नेपाली भाषा र साहित्यको सेवा गरेका साधक विनोद खड्कालाई सम्मान गरिएको थियो।

‘आसक्ति’लाई कृष्ण भुसालले सम्पादन गरेका हुन् भने रमेश दाहालले भाषा सम्पादन गरेका हुन् । कुम्भ छापाखानाले प्रकाशन गरेको २१२ पृष्ठको कृतिको मूल्य २५० रुपैयाँ राखिएको छ । 

गीत/संगीतका साथै विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गरेका डा.उपाध्यायको यो सत्रौं उपन्यास कृति हो । डा.उपाध्यायका यसअघि ‘मझधार बज्रघात, त्यागी, भाग्यचक्र, अपवित्र छायाँ, स्वार्थी, बिटुली, अतिरिक्त, दगाबाज, अधुरो प्रेम, सपनाकी रानी, कफी लभ, मेरी प्रिया, भाइरस लभ, कसुर’ जस्ता कृतिहरू पाठकमाझ छन् । समाजसास्त्रमा विद्यावारिधि गरेका डा. उपाध्यायलाई विदेशका विभिन्न आठवटा विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधिसमेत दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्