०७ साउन २०८३, बिहीबार

दशौं वातावरण साहित्य गोष्ठी जेठ १७ गते प्रज्ञा प्रतिष्ठानमा हुने

जेठ ७, २०८२
काठमाडौं
दशौं वातावरण साहित्य गोष्ठी जेठ १७ गते प्रज्ञा प्रतिष्ठानमा हुने

नेपाली पर्या साहित्य प्रतिष्ठानको आयोजनामा तथा साहित्य पोष्टको सह–आयोजनामा 'दशौं वातावरण साहित्य गोष्ठी' यही जेठ १७ गते प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ।

गोष्ठीमा लेखक विजय हितानद्वारा रचित पर्या कविता ‘मलाई आर्यघाट लगेर नजलाउनू’को लोकार्पण गरिनेछ।

साथै पर्या निबन्ध प्रतियोगितामा सहभागी १०८ निबन्ध मध्येबाट छानिएका उत्कृष्ट ३२ निबन्धहरूको संग्रह सार्वजनिक गरिने कार्यक्रम रहेको छ।

गोष्ठीमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने निबन्धकारहरूलाई पुरस्कारसहित सम्मान प्रदान गरिनेछ भने बाँकी २९ जना प्रतियोगीलाई पनि सम्मान गरिने आयोजकले जनाएका छन्।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ डा. अभि सुवेदी हुनेछन् भने विशेष अतिथिका रूपमा ज्ञानबहादुर क्षत्री रहनेछन् । गोष्ठीका (नोट स्पिकर डा. गोविन्दराज भट्टराई रहनेछन् । त्यसैगरी डा. गीता त्रिपाठी र डा. अशोक थापा कार्यक्रमका वक्ता रहनेछन्।

कार्यक्रमको संयोजन विजय हितानले गरेका छन् । आयोजकका अनुसार यो गोष्ठीले वातावरण र साहित्यबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्य राखेको छ।

salt training

कमेन्ट गर्नुहोस्