
पाल्पाको तिनाउमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर–३ मा लु २ ख १७१९ नम्बरको टिपर सडकबाट १२० मिटर तल खस्दा चालक ३५ वर्षका हेमबहादुर लम्तरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी भीमलाल भट्टराईले बुटवलबाट पाल्पातर्फ जाँदै गरेको टिपर दुर्घटनामा परेको बताए ।
दुर्घटनामा गम्भीर घाइते लम्तरीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो ।
मृतक चालक पाल्पा सिसुवाका रहेका छन् । दुर्घटनाको अनुसन्धान भइरहेको डीएसपी भट्टराईले बताए ।