२९ असार २०८३, सोमबार

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

जेठ ८, २०८२
काठमाडौं
नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का / फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको छ । 

उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र विभागको तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका छन् । 

सम्झौतापछि काठमाडौं उपत्यकामा कोषले प्रदान गर्ने आवास तथा सरल कर्जाको धितो रोक्का / फुकुवा अनलाइनबाट सम्पन्न हुने छ । 

यसले आवास / सरल कर्जासम्बन्धी कार्य छिटो छरितो रूपमा सम्पन्न भई सेवाग्राहीले प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास कोषले लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्