१० साउन २०८३, आइतबार

८.५७ अंकले घट्यो नेप्से, ७ अर्बको कारोबार

जेठ ११, २०८२
काठमाडौं
८.५७ अंकले घट्यो नेप्से, ७ अर्बको कारोबार

साताको पहिलो कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) झिनो अङ्कले घटेको छ ।

आइतबार नेप्से परिसूचक ८.५७ अंकले घटेर २६७९.९८ को विन्दुमा कायम भएको हो । 

आज बजारमा १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता शेयरको खरिद बिक्री हुँदा ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ । 

सातको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक १९.०४ अङ्कले बढेर २६८८.५५ को विन्दुमा बन्द भएको थियो । यस दिन ९ अर्ब ८२ करोड २० लाख ७० हजार रुपैयाँको कारोबार भएको थियो ।​

शेयर बजारमा घटेपनि ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । 

आइतबार बजार पुँजीकरण ४४ खर्ब ५९ अर्ब रुपैयाँ बढी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्