२३ असार २०८३, मंगलबार

वरुण वेभरेज उत्कृष्ट करदाताका रूपमा सम्मानित

जेठ १३, २०८२
काठमाडौं
वरुण वेभरेज उत्कृष्ट करदाताका रूपमा सम्मानित

वरुण वेभरेज नेपाललाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित पूर्वबजेट छलफल कार्यक्रममा वरुण वेभरेज नेपाललाई उत्कृष्ट करदाताका रूपमा सम्मानित गरिएको हो । 

कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वरुण वेभरेज नेपालका फाइनान्स डाइरेक्टर सञ्जीव अरोरालाई सम्मान पत्र प्रदान गर्दै बधाई दिएका हुन् ।

यसअघि गत मङ्सिरमा वरुणलाई सबैभन्दा बढी कर तिर्ने विशेष उद्योगको रूपमा आन्तरिक राजस्व विभागले सम्मान गरेको थियो ।

नेपालका लागि पेप्सी–कोलाको आधिकारिक विक्रेता वरुण वेभरेज नेपाल हो । विक्रम संवत् २०५५ सालमा नेपाल भित्रिएको पेप्सी–कोलाले नेपाली वेभरेज बजारको करिब ४० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको छ ।

नेपाली बजारमा चर्चित चिसो पेय पदार्थहरूको उत्पादक पेप्सी–कोलाले पेप्सी, मिरिन्डा, सेभेन अप, माउण्टेन ड्यू, स्लाइस, स्टिङ इनर्जी ड्रिंक, एभरभेस सोडा आदि उत्पादन गर्दै आएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्