२७ जेठ २०८३, बुधबार

स्वास्थ्य बीमाको बाँकी रकम १ वर्षभित्रै भुक्तानी गरिने

जेठ १५, २०८२
काठमाडौं
स्वास्थ्य बीमाको बाँकी रकम १ वर्षभित्रै भुक्तानी गरिने

स्वास्थ्य क्षेत्रमा बजेट बढेको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको छ । गत आवमा स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड विनियोजन गरिएको थियो ।

सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२/८३ को राजश्व र व्ययको वार्षिक बजेट पेश गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई रु १० अर्ब बजेट विनियोजन गरिएको जानकारी दिए ।

उनले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनः संरचना गर्ने बताउँदै कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र स्वास्थ्य बीमाको दायरा विस्तार गरिने बताए । गत आवमा स्वास्थ्य बीमा कार्यक्रमलाई रु सात अर्ब पाँच करोड बजेट छुट्याइएको थियो ।

अर्थमन्त्री पौडेलले भने, 'बिमितको सुविधा थैली क्रमशः वृद्धि गरिँदै लगिनेछ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गरिनेछ । बीमितलाई फरक-फरक योजनाको सुविधा उपलब्ध गराइनेछ । बीमा सुविधाको दुरुपयोग हुन नदिन दोहोरोपन हटाइनेछ ।'

त्यसैगरी हालसम्म बाँकी रहेको भुक्तानी दाबी रकम तेस्रो पक्षबाट परीक्षण गराई एक वर्षभित्र भुक्तानीको व्यवस्था मिलाइने उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्