३० जेठ २०८३, शनिबार

मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गरेका पेम्बा शेर्पालाई स्वास्थ्यमन्त्री पौडेलको सम्मान

जेठ १६, २०८२
काठमाडौं
मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गरेका पेम्बा शेर्पालाई स्वास्थ्यमन्त्री पौडेलको सम्मान

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मिर्गौला प्रत्यारोपणपछश्चात सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही सोलुखुम्बुका पेम्बा शेर्पालाई सम्मान गरेका छन् ।

शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्री पौडेलले विश्वमै पहिलो रेकर्ड कायम गर्दै इतिहास रचेकोमा बधाई ज्ञापन गरे । 'नेपाल मात्र नभएर विश्वमै रेकर्ड कायम गर्नुभएको छ,' मन्त्री पौडेलले भने, 'तपाईंलाई मन्त्रालयले प्रत्यारोपण प्रवर्द्धन दूतका रूपमा नियुक्त गर्नेछ ।'

मन्त्री पौडेलले अझै पनि मष्तिष्क मृत्युपश्चात दान गरेर मानिसको ज्यान बचाउन सकिने भए पनि दाता पर्याप्त पाउन नसकिएको उदाहरण प्रस्तुत गर्दै शेर्पाको आरोहणमार्फत सचेतना फैलाउन सकिने विश्वास गरे । 'मष्तिष्क मृत्युपछि अंगदान दिने विषयलाई सहज र सरल बनाउन प्रयास थालेका छौं,' उनले भने, 'यसले अंग अभावमा ज्यान गुमाउन बाध्य धेरैको जीवनरक्षा हुने आशा छ ।'

स्वास्थ्यमन्त्री पौडेलले सगरमाथा आरोहणको जोखिम मोल्ने भए पनि भरियाहरूको स्वास्थ्य बीमा नभएको भन्दै उनीहरूको बीमाका लागि पहल गर्ने घोषणा गरे ।

आरोही शेर्पाले यस आरोहणले आफूमा साहस र आत्मविश्वास झनै बढेको बढाए । 'मैले मिर्गौला प्रत्यारोपण गरेको दुई वर्षभित्रै आरोहण थालेको थिएँ,' उनले भने, 'आफ्नो ज्यान बचाउने अस्पताललाई दिएको बाचा ज्यानको बाजी राखेर पूरा गरेँ ।'

वैदेशिक रोजगारीका क्रममा किड्नी फेल भएको पत्ता लागे पछि स्वदेश फर्किएका शेर्पाले तीन वर्ष अघि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गरेका थिए ।

सन् २०२४ मार्च २२ मा लोबुचे हिमाल आरोहण गरेका शेर्पाले गत मे १४ मा सगरमाथा आरोहण गर्दै कीर्तिमान कायम गरेका हुन् । '३७ वर्षीय शेर्पाले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य सुधारमा राम्रो काम गरिरहेको भन्दै प्रशंसा गरे । 'उहाँले राम्रो काम गरिरहनुभएको छ,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्