![यातायात बन्दको मारमा यात्रु, परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/yatayat_banda_pokhara_1_xSMbGJg6yi.jpg)
यात्रुहरू यातायात व्यवसायीले आह्वान गरेको बन्दको मारमा परेका छन् ।
गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ सम्बन्धी नियमावलीको विरोध जनाउँदै यातायात व्यवसायीले शुक्रबारदेखि गरेको सार्वजनिक यातायात बन्दका कारण यात्रु अलपत्र परेका हुन् ।
शनिबार शिक्षक सेवा आयोगको परीक्षा दिन पोखरा पुगेका करिब १५ सय परीक्षार्थीलाई प्रहरीको स्कर्टिङमा पर्यटक बस र स्कूलमा मुग्लिन पठाइएको छ । पोखराबाहेक अन्य ठाउँमा पनि यात्रु अलपत्र परेका छन् ।








