०७ साउन २०८३, बिहीबार

फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह

जेठ १९, २०८२
काठमाडौं
फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह

पोखरा पर्यटन परिषद्ले फेवातालको सीमाङ्कनका नाममा दीर्घकालीन योजनाबिना नै पोल गाड्न थालिएको भन्दै ध्यानाकर्षण गराएको छ । परिषद्ले आज पत्रकार सम्मेलन गर्दै फेवातालको सीमाङ्कन भन्दै बिनायोजना पोल गाड्न थालेकामा  विरोध गरेको हो । 

परिषद्ले बिनायोजना ६५ मिटर मापदण्ड लगाउँदा पर्यटन केन्द्र लेकसाइड मासिने खतरा रहेको भन्दै लेकसाइड मासेर पोखरा पर्यटनको राजधानी नबन्ने जनाएको छ ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न बनेको सहजीकरण समितिले शनिबारदेखि फेवातालको साँधमा भौतिक पोल गाड्न सुरु गरेपछि स्थानीयवासीले त्यसको विरोध गरेका परिषद् अध्यक्ष तारानाथ पहारीले बताए ।

    राज्यले जग्गाको सीमाङ्कन गर्दा जग्गाधनीसँग सहमति लिनुपर्ने बताउँदै उनले सहमति तथा उचित मुआब्जाबिना कसैलाई विस्थापित गर्न नमिल्ने बताए । मुआब्जा दिन नसकिए ६५ मिटरको साटो ३० मिटर मापदण्ड लगाउनु उचित हुने पहारीको भनाइ छ । 

कमेन्ट गर्नुहोस्