१३ साउन २०८३, बुधबार

सिरियामा रहेका हतियार भण्डारमा आक्रमण गरेको इजरायलको दाबी

जेठ २१, २०८२
काठमाडौं
सिरियामा रहेका हतियार भण्डारमा आक्रमण गरेको इजरायलको दाबी

इजरायलले सिरियामा रहेका हतियार भण्डारहरूमा आक्रमण गरेको दाबी गरेको छ। मंगलबार सिरियाबाट इजरायलमा दुई वटा क्षेप्यास्त्र प्रहार गरिएको रिपोर्ट आएको केही घण्टापछि यो आक्रमण गरिएको बीबीसीले जनाएको छ । 

सिरियाली विदेश मन्त्रालयले दक्षिणी सिरियामा इजरायली आक्रमणले 'भारी जनधनको क्षति' भएको बताएको छ।

मन्त्रालयले इजरायलले क्षेत्रलाई अस्थिर बनाउन खोजेको पनि आरोप लगाएको छ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायलमा प्रहार गरिएका क्षेप्यास्त्रहरूको लागि सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल-शारालाई जिम्मेवार ठहराएको बताएका छन्।

दुई देशहरू बीचको तनाव कम गर्न हालै भएको अप्रत्यक्ष वार्ताको बावजुद इजरायलले सिरियामा आक्रमण बढाएको छ।

salt training

कमेन्ट गर्नुहोस्