
नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक किरण पण्डितलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।
राष्ट्र बैंकले बुधबारदेखि लागू हुने गरी पण्डितलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघि राष्ट्र बैंकको प्रवक्ता राम पौडेल रहेका थिए ।
अधिकृत विशिष्ट श्रेणीका पण्डितले २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका थिए ।
हाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा कार्यरत रहेका पण्डितसँग राष्ट्र बैंकको सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखामा काम गरेको अनुभव छ ।