![कालीमाटी बजारमा गोलभेडा, आलु र च्याउलगायत तरकारी र फलफूलको कति छ मूल्य ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Kalimati_Tarakari_Bazar_pdtOjTa015.png)
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको ताजा मूल्य सूची अनुसार नेपाली ठूलो गोलभेडाको औसत थोक मूल्य प्रतिकेजी ७५ रुपैयाँ कायम भएको छ भने भारतीय ठूलो गोलभेडा ७५.४० रुपैयाँमा कारोबार भइरहेको छ। सानो साइजको टनेल उत्पादन गोलभेडा ५६ रुपैयाँमा, स्थानीय सानो गोलभेडा ४३.६० रुपैयाँमा र भारतीय सानो गोलभेडा ४५.४० रुपैयाँमा विक्री भइरहेको छ।
आलुको सन्दर्भमा नेपाली रातो आलुको औसत मूल्य ३८.५० रुपैयाँ देखिएको छ। भारतीय रातो आलु ३३.५० रुपैयाँमा उपलब्ध छ भने ‘मुडे’ प्रजातिको रातो आलु ३९ रुपैयाँमा विक्री भैरहेको छ।
अन्य महत्त्वपूर्ण तरकारीहरूमा भारतीय सुकेको प्याज ३८ रुपैयाँ, गाजर (स्थानीय) ५१.७५ रुपैयाँ, बन्दाकोबी १७.७५ रुपैयाँ र काउली ४९.५० रुपैयाँको दरमा उपलब्ध छन्।
मूल्यमा उल्लेखनीय उकालो च्याउमा देखिएको छ। कन्य च्याउको औसत मूल्य प्रतिकेजी २०८.३३ रुपैयाँ पुगेको छ भने डल्ले च्याउ प्रतिकेजी ३३३.७५ रुपैयाँमा विक्री भइरहेको छ। यस्तै, घिरौंला ४०.६७ रुपैयाँ, झिगुनी ५४ रुपैयाँ र भिण्डी ३७.५० रुपैयाँमा पाइन्छ।
हरियो साग र मौसमी तरकारीमा तुलनात्मक रूपमा स्थायित्व देखिएको छ। रायो साग २५ रुपैयाँ, पालुंगो साग ४० रुपैयाँ, हरियो प्याज ४६ रुपैयाँमा बजारमा उपलब्ध छ। यसैगरी अनारको न्युनतम मूल्य ३०० रुपैयाँ छ ।
