०७ साउन २०८३, बिहीबार

‘नाटक मेला’ का लागि २२ नाटक दर्ता, समय एक साता थपियो

मंसिर २०, २०७४
‘नाटक मेला’ का लागि २२ नाटक दर्ता, समय एक साता थपियो

काठमाडौं, २० मंसिर – सर्वनाम थिएटरले आयोजना गर्न लागेको दश मिनेट लामो नाट्य मेलाका लागि २२ नाटक दर्ता भएका छन् । रंगकर्मीलाई आफ्नो कल्पनाशीलता र प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले गर्न लागिएको नाट्य मेलामा चुनावी माहोलले गर्दा दर्ता गर्न छुटेको हुनसक्ने भएकाले एक हप्ता समय थपिएको आयोजकले जनाएको छ ।

सर्वनाम थिएटरका राज शाहले चुनावलाई मध्यनजर गर्दै समय थपेको बताए । शाहले भने, ‘चुनावले गर्दा केही प्रभावित परेको हुनसक्छ, हामीले एक हप्ता दर्ता समय बढाउने भएका छौं ।’

जुनै विषयवस्तुमा पनि नाटक निर्माण गर्न पाइए पनि कुनै जाति, धर्म, समुदायलाई असर नपर्ने खालको नाटक हुनुपर्ने आयोजकले जनाएको छ ।

आउँदो मसिंर २० गतेसम्म नाटक मेलामा सहभागिता जनाउन सकिनेछ । दश रुपैयाँमा दर्ता गर्न सकिने नाटक काठमाडौंस्थित सर्वनाम थिएटरको कार्यालयमा बुझाउन सकिनेछ आयोजकले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्