२६ असार २०८३, शुक्रबार
प्रदेशको बजेट आज

आइतबार बजेट प्रस्तुत गर्दै सातवटै प्रदेश सरकार

असार १, २०८२
काठमाडौं
आइतबार बजेट प्रस्तुत गर्दै सातवटै प्रदेश सरकार

आज आइतबार देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०८२/२०८३ का लागि बजेट प्रस्तुत गर्दैछन् । 

संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारहरूले असार १ गते बजेट ल्याउनैपर्छ । यसअघि संघीय सरकारले जेठ १५ मा बजेट प्रस्तुत गरेको थियो । तर, प्रतिनिधिसभामा देखिएको अवरोधका कारण बजेटमाथिको छलफल अघि बढ्न सकेको थिएन । 

रास्वपालगायत प्रतिपक्षी दलको अवरोधबीच सभामुखले शुक्रबार बैठक सञ्चालन गरेपछि आउँदा बैठकमा बजेट सम्बन्धी छलफल अघि बढ्ने अपेक्षा गरिएको छ । 

यसैबीच, लुम्बिनीमा आइतबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले राजश्व र व्ययको वार्षिक अनुमान प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम  छ ।

सरकारले यस वर्षको बजेटमा प्रदेशको समृद्धि र विकाससँग जोडिएका मुख्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट केन्द्रित गर्ने सरकारको तयारी छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमको जगमा उभिएर बजेट ल्याइने उल्लेख गर्दै यस बजेटले समग्र लुम्बिनी प्रदेशको समृद्धि र विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । 

प्रदेश सरकारको नीति तथा कार्यक्रमको निरन्तरतामा आधारित यो बजेटले प्रदेशवासीको जीवनस्तर उकास्ने विश्वास सरकारले लिएको छ । 

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३८ अर्ब ९७ करोडको बजेट ल्याएको थियो । यो आकारको तुलनामा आगामी बर्षको बजेट घटाएर ल्याउने तयारी भएको सरकारका प्रवक्ता दिनेश पन्थीले जानकारी दिए ।

प्रदेशले यो वर्षदेखि घाटा बजेट नल्याएर यथार्थपरक ल्याउने भन्दै बजेटको सिलिङ ३२ अर्ब तोकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्