२६ असार २०८३, शुक्रबार

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

असार १, २०८२
काठमाडौं
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।

आज बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा ४०० ले वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९७ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी २ हजार १६५ मा कारोबार भइरहेको छ । 
    
गत जेठ २७ एक तोला सुन १ लाख ९० हजार तथा सोही परिमाणको चाँदी २ हजार १६५ मा कारोबार भएको थियो ।

जेठ २८ गते १ लाख ९१ हजार ३००, जेठ २९ गते १ लाख ९२ हजार ९०० तथा जेठ ३० र ३१ गते प्रतितोला १ लाख ९७ हजार १०० मा सुन खरिदबिक्री भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ४४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्