२९ जेठ २०८३, शुक्रबार

एनसेल ‘लीग अफ क्रिएटर्स’: मेन्टर वर्कशप हुँदै, यी हुन् मेन्टरहरू

असार ४, २०८२
काठमाडौं
एनसेल ‘लीग अफ क्रिएटर्स’: मेन्टर वर्कशप हुँदै, यी हुन् मेन्टरहरू

एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा शुरू गरेको ‘लीग अफ क्रिएटर्स’ अभियान अन्तर्गत यही असार ७ र ८ गते मेन्टर वर्कशप हुने भएको छ । यो वर्कशपमा देशभरिबाट छानिएका उत्कृष्ट ५० जना क्रिएटर्सलाई मेन्टरहरूले विषेश प्रशिक्षण दिने एनसेलले जनाएको छ ।

कन्टेन्ट क्रियसनमा लागेका विशेषगरी युवा पुस्तालाई आकर्षण गर्ने उद्देश्यसहित एनसेलले शुरू गरेको यस अभियानको ग्राण्ड फिनाले असार २७ गते हुँदैछ । प्रतियोगितामार्फत् सहभागीहरूले आफ्नो पहिचान बनाउने मौका पाउनेछन् ।

उत्कृष्ट एक क्रिएटरले पुरस्कारका रूपमा एनसेलसँग १० लाख रूपैयाँ बराबरको एक वर्षको ब्रान्ड डिल जित्ने मौका पाउनेछन् । अभियान सञ्चालन तालिका अनुसार ‘लीग अफ क्रिएटर्स’का पाँच जना मेन्टरहरूले छानिएका उत्कृष्ट ५० जनालाई मेन्टरशीप दिन तयारी गरिरेहका छन् ।

सहभागी प्रतियोगिलाई चर्चित क्रिएटर तथा यो अभियानका मेन्टर सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारले मार्गदर्शन गर्नेछन् । मेन्टर वर्कशपका दौरान उनीहरूले सामग्री योजना, सिर्जना प्रक्रिया, सन्देश प्रवाह, ब्रान्डसमक्ष आफू प्रस्तुत गर्ने रणनीति र अधिकतम प्रभावका लागि उपयुक्त व्यवहारलगायतका बारेमा प्रशिक्षण दिनेछन् । 

पराक्रम राणा 
फेसन, कथालेखन र सामाजिक अभियानमार्फत् आफूलाई अभिव्यक्त गर्दै आएका पराक्रम राणा भारत र नेपालको विभिन्न सांस्कृतिक पृष्ठभूमिमाझ हुर्किएका डिजिटल क्रिएटर हुन् । 

सन् २०२० मा काठमाडौं फर्किएपछि आफ्नो पहिचान, संस्कृति र परिवारसँगै नेपालको एलजीबीटीक्यू समुदायका सवाल उठाउँदै व्यक्तिगत र समसामयिक कथा सामाजिक सञ्जालमा प्रस्तुत गर्न थालेका हुन् । 

आफ्नै कन्टेन्टमार्फत् टिकटक, इन्स्टाग्राम र युट्युबमा लोकप्रिय रहेका उनी कतिपय अन्तर्राष्ट्रिय फोरममा नेपाललाई प्रतिनिधित्व गर्नुका साथै प्रधानमन्त्रीसँग एलजीबीटीक्यू अधिकारबारे प्रश्न उठाइसकेका छन् ।

‘लीग अफ क्रिएटर्स’मा मेन्टरको रूपमा पराक्रमले ५० मध्ये १० क्रिएटरलाई मेन्टर वर्कशपमा मार्गदर्शन प्रदान गर्नेछन् । ‘लीग अफ क्रिएटर्स’मा देखिने जोस र सिर्जनात्मकता नेपालको हरेक कुनामा पुर्‍याउने शक्तिशाली माध्यम भएको उनको भनाइ छ । 

प्रतिमा अधिकारी
प्रतिमा अधिकारी नेपालकी एक अग्रणी प्रविधि समीक्षक (टेक रिभ्युअर) हुन् । उनी यस ‘लीग अफ क्रिएटर्स’को पाँच मेन्टर्समध्ये एक हुन् । ३०० भन्दा बढी स्मार्टफोन, मोनिटर र डिजिटल उपकरणको गहिरो समीक्षा लेखिसकेकी उनी ग्याजेटबाइट नेपालकी सीईओ समेत हुन् । 

नेपाली बजारका फ्ल्यागसीप फोनदेखि क्यामेरा र ल्यापटपसम्मका उत्पादन परीक्षण गरेर दर्शकलाई स्पष्ट र सूचनामूलक समीक्षा दिने भएका कारण प्रविधिप्रेमी माझ अधिकारी लोकप्रिय छिन् । 

प्रतिमाको समीक्षा प्रयोगकर्ता अनुभव र मूल्यांकन दुवैमा केन्द्रित हुने गर्दछ । अधिकारीका अनुसार डिजिटल क्रिएसनमा सफल हुन केवल प्रविधिमा दक्षता होइन, दर्शकको आँखामा परिणत हुने, कथा बुन्ने कला पनि चाहिन्छ । 

एकता तण्डुकार
नेपालको सौन्दर्य र स्किनकेयर जगतमा प्रख्यात एकता तण्डुकारले इन्स्टाग्राम र टिकटकमार्फत् होलिस्टिक सौन्दर्य शिक्षालाई लोकप्रिय बनाएकी छन् । जीना एलकेमीकी सह–संस्थापक एकता आफ्नो कन्टेन्टमा सौन्दर्य, कपाल र फिटनेसलाई एकीकृत गर्दै आएकी छन् । तण्डुकारका अनुसार ट्रेन्डहरूलाई आत्मसात गर्दै गर्दा आफ्नो ब्रान्डको मौलिकता कहिल्यै त्याग्नु हुँदैन ।

एनसेल ‘लीग अफ क्रिएटर्स’का मेन्टरका हैसियतले उनले पनि ५० मध्ये चयन भएका १० आवेदक तथा क्रिएटरलाई विषेश मेन्टरसिप प्रदान गर्नेछिन् । सामाजिक सञ्जालका ट्रेन्ड र ब्रान्डिङका उपाय, प्रभावकारी भिजुअल र संवादात्मक सामग्री विकास मापदण्ड लगायतका कुरा उनले सिकाउने छिन् । 

मिस्टर फूडी नेपाल
मिस्टर फूडी नेपाल नेपालका चर्चित फूड कन्टेन्ट क्रियटर हुन् । स्ट्रिट फूड र स्थानीय रेस्टुरेन्ट खोज्दै त्यसको स्वाद र अनुभव कथात्मक शैलीमा पस्कदै कन्टेन्टलाई रोचक बनाउँदै आएका छन् । 

नेपाली परिकार र नयाँ खाने ठाउँलाई उजागर गर्दै आएका मिस्टर फूडीको कामले साना व्यवसायहरूलाई ठूलो मद्दत पुगेको छ । 

एनसेलको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा पनि उनले मेन्टरको रूपमा दृश्य र शब्दको समन्वय, आकर्षक प्रिजेन्टेसन र सन्देश स्पष्ट रुपमा दिने तरिकालगायतका बारेमा प्रशिक्षण दिने छन् ।

सन्जोग कोइराला
आईडियाप्रेनर नेपालका संस्थापक सन्जोग कोइरालाले वित्तीय शिक्षा, लगानी, बजेटिङ् र वित्तीय योजना जस्ता जटिल विषयलाई सरल, व्यावहारिक र सबैका लागि पहुँचयोग्य बनाउने अभियानमा काम गर्दै आएका छन् । 

उनका भिडियो, कोर्ष र प्रत्यक्ष सत्रहरूले लाखौं युवा वर्गलाई आत्मविश्वासका साथ आर्थिक निर्णय लिन प्रेरित गरेको छ । वित्तीय साक्षरता र व्यक्तिगत स्वतन्त्रता राष्ट्रिय प्रगतिका लागि आधारभूत अधिकार भएको उनको भनाइ छ । 

अन्य मेन्टर्सले जस्तै उनले पनि ५० जनामध्ये १० जना लीग अफ क्रिएटर्समा छानिएका क्रिएटरलाई सामग्री निर्माण र यससँग सम्बन्धित सीपलगायतका बारेमा प्रशिक्षण दिनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्