२८ जेठ २०८३, बिहीबार

इलाममा १५ दिने अभिनय कार्यशाला

असार ४, २०८२
काठमाडौं
इलाममा १५ दिने अभिनय कार्यशाला

इलाममा १५ दिने अभिनय कार्यशाला सुरू भएको छ । सूर्योदय नगरपालिका-१० स्थित फिक्क्ल नमूना माध्यमिक विद्यालयका कक्षा ६ देखि १० कक्षासम्मका २६ जना विद्यार्थी अभिनय कार्यशालामा सहभागी छन् ।

असार १ देखि सुरु भएको कार्यशाला असार १५ सम्म चल्नेछ । कार्यशाला राइटर्स इन्टरनेसनल ग्लोबल कमिटीको आयोजना तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सञ्चालन भएको हो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रशिक्षक पुरु लम्सालले स्थानीय तहमा यस्तो कार्यक्रम सञ्चालन गर्न पाउँदा खुसी लागेको बताए । उनले सहभागी विद्यार्थीलाई आफ्नो प्रतिभा उजागर गर्ने अवसरका रूपमा यो कार्यशालालाई लिन अनुरोध गरे ।

वरिष्ठ गीतकार तथा राइटर्स ईन्टरनेशनल ग्लोबल कमिटीका अध्यक्ष ज्ञानेन्द्र गदालले आर्थिक अभावका कारण सरकारी विद्यालयमा यस्ता कार्यक्रम कम सञ्चालन हुने भन्दै आगामी दिनमा पनि निरन्तर सहकार्य गरिने प्रतिबद्धता जनाए ।
 

salt training

कमेन्ट गर्नुहोस्