२८ जेठ २०८३, बिहीबार
सकियो ओभरपासको काम

यस्तो बन्यो शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ग्वार्को ओभरपास [भिडियो स्टोरी]

असार ५, २०८२
काठमाडौं

ललितपुरको ग्वार्को चोकमा ओभरपासको काम सम्पन्न भएको छ । यो ओभरपासको भोलि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । 

निर्माण कम्पनी आशिष–समानान्तर–रेलिगेर जेभीका अनुसार आयोजना शुक्रबार नै सरकारलाई हस्तान्तरण गरिनेछ । 

यो ओभरपास २०७८ फागुन १२ मा शुरू भएको सम्झौताअनुसार २ वर्षमा सम्पन्न हुनुपर्ने थियो । सम्झौताको म्याद २०८० फागुन १२ मा सकिए पनि काम पूरा नभएपछि पहिलो पटक २०८१ पुस ८ सम्म म्याद थप गरिएको थियो ।

तर, उक्त अवधिमा पनि निर्माण सम्पन्न नभएपछि सडक विभागले गत पुस १० देखि निर्माण कम्पनीलाई दैनिक ०.०५ प्रतिशत (करिब ८५ हजार रूपैयाँ) हर्जाना तिराएर काम गराइरहेको थियो । हर्जाना तिरेर २०० दिनसम्म काम गर्न पाइने व्यवस्था छ ।

१७ करोड ६ लाख ८८ हजार लागतमा बनेको यो ओभरपासले ग्वार्को चोकको चर्को ट्राफिक जाम हटाउने अपेक्षा गरिएको छ । ​

अब कलंकी–कोटेश्वर सडक खण्डका सवारीसाधन माथिबाट र ग्वार्को–लामाटार तथा ग्वार्को–पाटनतर्फका सवारीसाधन तलबाट गुड्ने छन् । यसले ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने विश्वास गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्