२८ जेठ २०८३, बिहीबार

युवराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ’ कविता कृति लोकार्पण

असार ७, २०८२
काठमाडौं
युवराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ’ कविता कृति लोकार्पण

नेपाल वायुसेवा निगमका प्रमुख कार्यकारी अध्यक्ष युवराज अधिकारीको दोस्रो कविता संग्रह ‘युद्ध, युद्ध नै हुन्छ’को लोकार्पण गरिएको  छ । 

एपेक नेपालद्वारा शनिबार काठमाडौंको गैरिधारास्थित एलिस रिसेप्सनमा भएको कार्यक्रममा कवि, गीतकार तथा नेपाल वायुसेवा निगमका प्रमुख कार्यकारी अध्यक्ष अधिकारीको दोस्रो कविता संग्रहको लोकार्पण गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व एपेक नेपालका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठले गरेका थिए । 

null

कार्यक्रममा कवि अधिकारीले आफ्नो साहित्यिक यात्राका बारेमा बोल्दै लोकार्पित सङ्ग्रहबाट दुई कविता पनि  वाचन गरे । कवि तुलसी दिवस, साहित्यकार प्रकाश सायमी, कलाकारद्वय विजय लामा, निखिल उप्रेती र राजेन्द्र शलभले पनि कवि अधिकारीका बारेमा बोल्दै उनका केही कविता पनि प्रस्तुत गरे । 

कार्यक्रमको अन्त्यमा रंगकर्मी वीरेन्द्र हमालको निर्देशनमा १२ जना कलाकारद्वारा लोकार्पित सङ्ग्रहभित्रको ‘आमा’ शीर्षकको कविता मञ्चन समेत गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्