०६ साउन २०८३, बुधबार

कखरा सिकेको स्कूलबाट प्रधानमन्त्रीको मतदान (फोटाे फिचर)

मंसिर २१, २०७४
कखरा सिकेको स्कूलबाट प्रधानमन्त्रीको मतदान (फोटाे फिचर)

डडेल्धुरा, २१ मंसिर– प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराबाट मतदान गरेका छन् । प्रधानमन्त्री देउवाले गन्यापधुरा गाउँपालिका–१ मा रहेको असिग्राम मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

देउवाले यसै विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए । २००३ सालमा जन्मिएका देउवाले कक्षा ३ सम्मको प्रारम्भिक शिक्षा तत्कालिन असिग्राम प्राविबाट लिएका थिए । कक्षा ८ सम्म डडेल्धुरा सदरमुकामको महेन्द्र माविमा पढेका देउवाले कक्षा ९ र १० सम्मको पढाइ डोटीको जिजोडामाडौं उचाकोटमा रहेको सिताराम माविमा पूरा गरेका थिए । २०१९ सालमा एसएलसी पास गरेपछि देउवा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका थिए । 

आफ्नो जन्मघर नजिकै रहेको मतदान केन्द्रबाट मतदान गरेका देउवाले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अब देशमा आर्थिक विकास हुने आशा व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्