
नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा चाँगुनारायण नगरपालिकामा आयोजना गरिएको भक्तपुर जिल्लास्तरीय खुला एकल नृत्य प्रतियोगिताको उपाधि स्नेहा खत्रीले जितेकी छन् । उनले रु एक लाख पुरस्कार प्राप्त गरिन् ।
बोडेमा आयोजना गरिएको प्रतियोगिताको फाइनल चरणमा मण्डला कला केन्द्र मध्यपुरथिमि बोडेकी खत्रीले प्रथम स्थान हासिल गरिन्। उनले पहिलो चरणमा २७२ प्रतिस्पर्धीलाई पछाडि पारिन् भने अन्तिमका १६ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जितेकी हुन् ।
प्रतियोगितामा सेक्रियट हार्ट स्कुल भक्तपुर नगरपालिका–४ गपलीका म्हारमेन दोङले दोस्रो स्थान हासिल गर्दा सिद्धिदास स्कुल पाण्डुबजार भक्तपुरकी युमिसा तामाङले तेस्रो स्थान हासिल गरिन् ।