
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक इरान र इजरायलबीचबो युद्धविरामबारे पोस्ट गरेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा अब युद्धविराम लागू भएको बताएका छन् ।
अब यसलाई नतोड्न पनि उनले आग्रह गरेका छन् । 'युद्धविराम अबदेखि लागू हुन्छ। कृपया यसलाई नतोड्नुहोस्,' उनले लेखेका छन् ।
यसअघि ट्रम्पले आज बिहान ३:३० बजे युद्धविरामको घोषणा गरेका थिए। उनले यो आगामी ६ घण्टामा लागू हुने बताएका थिए ।
यसबारे इरान र इजरायलले भने आधिकारlsरूपमा स्वीकार गरेका छैनन् ।