
काठमाडौं २१, मंसिर – प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन चलिरहेका बेला सर्लाहीको बागमती नगरपालिका–१ मिलन चोकमा भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
पूर्व–पश्चिम राजमार्गमा राखिएका दुईवटा प्रेसर कुकर बमलाई सेनाले निष्क्रिय पारेको बताइएको छ । जन बालकल्याण मावि थिङटोल मतदान केन्द्रनजिकै बम भेटिएपनि चुनावमा कुनै भय नभएको जनाइएको छ ।