२९ जेठ २०८३, शुक्रबार

टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारीसम्मको यात्रा सम्पन्न

असार १०, २०८२
काठमाडौं
टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारीसम्मको यात्रा सम्पन्न

नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंदेखि कन्याकुमारीसम्मको केटुके ड्राइभ सफलतापूर्वक सम्पन्न गरेका चर्चित अटो उत्साही अवशिष प्रसाद ओझा र विजय राम कासजूलाई बधाई दिएको छ । 

विश्व वातावरण दिवस २०८२ (जेठ २३)को दिन थापाथलीस्थित टाटा मोटर्स शोरूमबाट टाटा कर्भ ईभीमा शुरू गरिएको यो विद्युतीय गाडीको यात्रा, भारतको दक्षिणी छेउ कन्याकुमारीसम्म पुगेर करिब ६७०० किलोमिटरको यात्रापछि थापाथलीस्थित टाटा मोटर्स शोरूमबाटै सम्पन्न भएको छ ।  

मंगलबार टाटा कर्भ ईभीको यात्रामा सहभागी अटो उत्साहीद्वय ओझा र कासजूसँग थापाथलीस्थित पीभीबीयू शोरूममा विशेष अनुभव आदान–प्रदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा यात्राको अनुभव, चार्जिङ इन्फ्रास्ट्रक्चर, सडक अवस्था र टाटा कर्भ ईभीको उत्कृष्ट प्रदर्शनबारे छलफल भएको थियो ।

अवशिष ओझाले भने, ‘कर्भ ईभीले लामो दुरीको यात्रा अत्यन्त सहज र रोमाञ्चक बनायो । भारतभरका चार्जिङ स्टेसन, रोड कन्डिसन र गाडीको परफर्मेन्स उत्कृष्ट रहेको अनुभव गर्‍यौं । कर्भ ईभीले भारतमा एकै चार्जमा ५०० किलोमिटरभन्दा बढीसम्म दियो र नेपालमा ३७५ किलोमिटरभन्दा बढी रेञ्ज दिएको थियो, जुन एकदमै प्रभावशाली रह्यो । टाटाको गाडी लिएर भारत जाने सोच्दै हुनु हुन्छ भने ढुक्क भएर यात्रा गर्न सकिन्छ ।’

विजय कासजुले थपे, ‘यात्रा केवल ड्राइभ मात्र होइन, यो विद्युतीय सम्भावनाहरूको परीक्षण थियो  । र, हामी उत्साहित छौं कि कर्भ ईभीले त्यो सम्भावनालाई प्रमाणित गर्‍यो ।’

कार्यक्रममा प्यासेन्जर गाडी डिभिजनका जनरल म्यानेजर सावन्त जंग सिजापतिले भने, ‘हामी यस ऐतिहासिक ड्राइभमा जोडिन पाएकोमा गर्व गर्छौं । यी प्रेरणादायक अटो उत्साहीहरूलाई धेरै–धेरै बधाई छ । कुनै समय काठमाडौंबाहिर विद्युती गाडी लग्न दुई चोटी सोच्नु पर्थ्यो, अहिले नेपालबाट भारतको यात्रा गर्दा पनि सहज छ भन्ने सन्देश यो केटुके ड्राइभले पुष्टी गरेको छ ।’

नेपालमा हालै सार्वजनिक गरिएको टाटा कर्भ ईभी अत्याधुनिक फिचरहरूसहितको इलेक्ट्रिक एसयूभी–कुपे हो, जसमा लेभल–२ ADAS, V2L टेक्नोलोजी, प्यानोरामिक सनरुफ र उन्नत सुरक्षा सुविधा उपलब्ध रहेका कम्पनीले जनाएको छ । 

सिप्रदी ट्रेडिङले कर्भ ईभीजस्ता प्रविधिमैत्री उत्पादनमार्फत इलेक्ट्रिक मोबिलिटीको भविष्य निर्माणमा निरन्तर भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्