२४ असार २०८३, बुधबार

एमजी मोटर्स नेपालले ग्राहकलाई सस्तो र सुलभ स्पेयर पार्ट्स उपलब्ध गराउँदै

असार १०, २०८२
काठमाडौं
एमजी मोटर्स नेपालले ग्राहकलाई सस्तो र सुलभ स्पेयर पार्ट्स उपलब्ध गराउँदै

एमजी मोटर्सको अधिकृत आयातक तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले आफ्ना ग्राहकका लागि उत्कृष्ट अफ्टर सेल्स सेवा प्रदान गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ । 

यसरी कम्पनीले १०० भन्दा बढी स्पेयर पार्ट्सहरूको मूल्य औसत ३० प्रतिशतले घटाएर एमजीका सबै ग्राहकलाई सस्तो र सहज सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।

विश्वास र गुणस्तरमा आधारित ब्रान्डको रूपमा एमजी मोटर्स नेपालले आफ्ना ग्राहकको बढ्दो अपेक्षा, सहज र किफायती स्वामित्व अनुभव पूरा गर्ने प्रयास गर्दै आएको छ । यसै उद्देश्यका साथ पारामाउन्ट मोटर्सले आफ्नो लजिस्टिक्स प्रक्रिया पुनरावलोकन गरी एमजीको आपूर्ति श्रृंखलासँग समन्वय गरेर खर्च घटाएको र यसको फाइदा सीधा ग्राहकलाई पुर्‍याएको कम्पनीको भनाइ छ । 

यसैगरी, एमजी मोटर्स नेपालले सेवा पहुँचलाई राष्ट्रव्यापी बनाउन निरन्तर लगानी गर्दै आएको छ । काठमाडौं उपत्यकामा ३ वटा पूर्ण-सुविधायुक्त सेवा केन्द्र र देशभर फैलिएको डिलरशिप नेटवर्कमा १२ भन्दा बढी अतिरिक्त सेवा केन्द्रको साथ कम्पनीले ग्राहकलाई अद्वितीय सहजता र सहयोग प्रदान गर्दै आएको जनाएको छ । 

‘एमजी मोटर्स नेपालमा हाम्रा ग्राहकहरूको विश्वासले नै हाम्रो निर्णयहरूलाई मार्गदर्शन गर्छ’, पारामाउन्ट प्रालिका प्रवक्ताले भने, ‘हामीले स्पेयर पार्ट्सको मूल्य घटाउनु र सेवा पहुँच विस्तार गर्नु केवल ग्राहकहरूको अपेक्षा पूरा गर्ने मात्र होइन, तर यसलाई अझै बढाउने प्रयास हो । यो केवल शुरूआट हो र हामी अझै थप लागत घटाएर स्पेयर पार्ट्सको मूल्यमा संशोधन गर्न निरन्तर प्रयासरत छौं ।’

एमजी मोटर्स नेपालले अत्याधुनिक प्रविधि र विश्वसनीयतालाई संयोजन गर्दै ग्राहकको हरेक यात्रालाई सहज सेवा र उत्कृष्ट मूल्य प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्