
भिटामिन बी-१२ शरीरको स्नायु प्रणाली (नसाहरू) र रक्तसञ्चार प्रणालीको लागि अत्यन्त आवश्यक पोषक तत्व हो ।
यसको कमीले एनेमिया (रक्तअल्पता)सँगै हृदयघात (हार्ट फेल) जस्ता गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।
चिकित्सकहरूका अनुसार, बी-१२ को अभावले देखाउने केही लक्षण यति सामान्य हुन्छन् कि धेरैजसो मानिसले गम्भीर रूपमा लिन सक्दैनन् । तर, एक विशेष लक्षण यस्तो छ, जुन खासगरी रातको समयमा मात्रै देखिन्छ । र, त्यो लक्षण हार्ट फेलियरको चेतावनीसमेत हुनसक्छ।
राति अत्यधिक पसिना आउनु : गम्भीर संकेत
गर्मीमा पसिना आउनु सामान्य हो । तर, यदि रातको समयमा सुत्दा अत्यधिक पसिना आउने गर्छ भने त्यो भिटामिन बी-१२ को गम्भीर कमीको संकेत हुन सक्छ ।
युरोपियन जनरल अफ जनरल मेडिसिन (ईजेजीएम)मा प्रकाशित एक अध्ययनअनुसार, बी-१२ को गम्भीर अभावले विशेष गरी शरीरको माथिल्लो भागमा राति अत्यधिक पसिना आउने अवस्था सिर्जना गर्न सक्छ । यस्तो लक्षणलाई अन्य कारणसँग भ्रममा नपरी चाँडै चिनिनु आवश्यक हुन्छ ।
भिटामिन बी-१२ को कमीका अन्य लक्षणहरू :
भिटामिन बी-१२ को कमी र हृदयघातको सम्बन्ध
नेशनल लाइब्रेरी अफ मेडिसिन अनुसार, भिटामिन बी-१२ को गम्भीर अभावले शरीरमा रातो रक्तकोशिका बनाउन अवरोध गर्छ, जसले एनेमिया निम्त्याउँछ ।
एनेमियाका कारण शरीरमा अक्सिजनको आपूर्ति घट्दछ र त्यसले हृदयमा अतिरिक्त दबाब पर्नसक्छ । परिणामस्वरूप, दीर्घकालीन अवस्थामा हृदयघातको खतरा बढ्न सक्छ ।
बी-१२ युक्त परम्परागत खानेकुरा के के हुन् ?
क) जनावरको कलेजो र मिर्गौला :
भेडाको १०० ग्राम कलेजोमा दैनिक आवश्यकताको झन्डै ३.५७१ प्रतिशत भिटामिन बी-१२ पाइन्छ । यसमा कपर, सेलेनियम, भिटामिन ए र बी-२ पनि भरपूर मात्रामा हुन्छ ।
ख) गाईको दूध र दुग्धजन्य पदार्थ :
गाईको पुरै दूधमा दैनिक आवश्यकता अनुसारको ४६ प्रतिशत बी-१२ हुन्छ। दही, घ्यू, मावा लगायतका अन्य दूधजन्य परिकार पनि लाभदायक छन् ।
ग) माछा, अण्डा र फोर्टिफाइड खानेकुरा :
स्याल्मन, ट्युनाजस्ता माछाहरू, अण्डाको पहेँलो भाग, भिटामिन बी१२ मिलाइएको न्यूट्रिशनल यीस्ट लागयत
कति चाहिन्छ दैनिक बी-१२?
१४ वर्षभन्दा माथिका पुरुष र महिलालाई दैनिक २.४ माइक्रोग्राम भिटामिन बी-१२ आवश्यक हुन्छ । तर, गर्भवती महिलालाई २.६ माइक्रोग्राम र दूध खुवाइरहेकी महिलालाई अझ बढी आवश्यकता हुन्छ ।
यदि खानाबाट पर्याप्त मात्रामा बी-१२ लिन नसकिने हो भने, चिकित्सकको सल्लाहमा सप्लिमेन्ट लिन सकिन्छ ।