०९ साउन २०८३, शनिबार

एकै दिन ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

असार १२, २०८२
काठमाडौं
एकै दिन ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
फाइल फोटो

पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थीहरू इरानबाट स्वदेश फर्केको स्थानीय अधिकारीले बताएका छन् ।

सूचना र संस्कृति विभागका प्रान्तीय निर्देशक मौलवी अहमदुल्लाह मुत्ताकीले उनीहरूलाई पानी, खाना र तत्काल चिकित्सा सहायतासहित सबै आवश्यक आपूर्तिहरू प्रदान गरिएको जनाएका हुन् ।

अफगानिस्तानले इरानसँग एउटा पश्चिमी हेरात प्रान्तमा र अर्को निमरोज प्रान्तमा गरी दुई वटा प्रमुख सीमाहरू खुल्ला गरेको छ, हालसालै दुवै सिमाहरूबाट फर्कने शरणार्थीहरूको सङ्ख्या तीव्र भएको जनाइएको छ ।

अनुमानित २/३ हजार व्यक्ति र करिब ३०० परिवारहरू निमरोज प्रान्तको पुल–ए–अब्रेसम सीमा पार गरेर हरेक दिन अफगानिस्तान फर्किरहेको शरणार्थी र स्वदेश फिर्तीका प्रान्तीय निर्देशकले बताएका छन् ।

करिब ७० लाख अफगान शरणार्थीहरू मध्ये अधिकांश कागजातविहीन आप्रवासीहरू, हाल विदेशमा बसिरहेका छन्, जसमध्ये सबैभन्दा बढी इरान र पाकिस्तानमा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्