०२ असार २०८३, मंगलबार

एसईईको नतिजा सार्वजनिक, १ लाख ६७ हजार 'नन् ग्रेडेड'

असार १३, २०८२
काठमाडौं
एसईईको नतिजा सार्वजनिक, १ लाख ६७ हजार 'नन् ग्रेडेड'

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरेको हो ।

नतिजाअनुसार जीपीए ३ दशमलव ६ देखि ४ सम्म ४८ हजार १७७ जना विद्यार्थीले प्राप्त गरेका छन्।

जीपीए ३ दशमलव २ देखि ३ दशमलव ६ सम्म ८१ हजार ३८५ जना विद्यार्थी परेका छन् भने २ दशमलव ८ देखि ३ दशमलव २ सम्म ८९ हजार १२४ जना छन्।

त्यसैगरी, २ दशमलव ४ देखि २ दशमलव ८ सम्म ४८ हजार ४७९ जना, २ दशमलव ० देखि २ दशमलव ४ सम्म ४ हजार १२६ जना र १ दशमलव ६ देखि २ दशमलव ० सम्म जम्मा ८ जना विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्।

यसपटक १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ भने १ लाख ६७ हजार ५९७ जना विद्यार्थी अनुतीर्ण 'नन् ग्रेडेड' भएको बोर्डले जनाएको छ ।

२०८१ चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ४ लाख ३८ हजार परीक्षार्थी सहभागी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्