१४ असार २०८३, आइतबार

नेपाली सीप, संस्कृति र पहिचानको प्लेटफर्म स्वदेशी डट्‌कम

असार १६, २०८२
काठमाडौं
नेपाली सीप, संस्कृति र पहिचानको प्लेटफर्म स्वदेशी डट्‌कम

नेपाली मौलिकतासहितको सामग्रीलाई विश्व बजारमा पुर्‍याउने गरी स्वदेशी डटकम सञ्चालनमा आएको छ ।

नेपाली उत्पादन, हस्तकला र संस्कृतिको प्रवर्द्धन गर्दै देशको मौलिकतासहितको सामग्रीलाई विश्व बजारमा पुर्‍याउने अनलाइन व्यापारिक प्लेटफर्म स्वदेशी डट्‌कम (swodeshi.com) सञ्चालनमा आएको हो ।

‘हाम्रा कला, हाम्रा सीप, र हाम्रो पहिचान, अब संसारले चिन्न पाउनेछ’ अभिप्रायका साथ शुरू गरिएको प्लेटफर्मले नेपालीपन बोकेको मूल्य वान, हस्त निर्मित र भावना मिसिएका सामग्री विश्वभर पुर्‍याइरहेको छ । 

स्वदेशी डट्‌कम एक साधारण अनलाइन किनमेल केन्द्र नभई एकल–विक्रेता प्लेटफर्म रहेको कम्पनीले जनाएको छ । जहाँ प्रत्येक वस्तु स्वदेशी टोलीले आफैं छानेर तथा परीक्षण गरेर मात्र बिक्रीका लागि राखिन्छ ।

हाल स्वदेशी डट्‌कममार्फत अमेरिका, अस्ट्रेलिया, जापान, बेलायतलगायतका मुलुकमा नेपाली सामग्रीको ढुवानी भइरहेको कम्पनीका संस्थापक प्रवीन श्रेष्ठले बताए । नेपाली प्रवासी, नेपाली संस्कृति मन पराउने विदेशीहरू र नेपाली हस्तकला प्रेमीहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको उनको भनाइ छ । ‘हामी केवल वस्तु पठाउँदैनौं, त्यसको कथा र माया पनि साथमा पठाउँछौं,' उनी भन्छन्’, ‘हरेक उत्पादन तीनदेखि चार चरणको गुणस्तर परीक्षण पछि मात्र ग्राहकसम्म पुर्‍याइन्छ । स्वदेशी डटकममा पाइने अधिकांश उत्पादनहरू घरेलु सीपमा आधारित, हस्त निर्मित र संवेदनशील मौलिकतासँग जोडिएका छन्- जस्तै ढाकाको टाई सेट, प्रार्थना चक्र, नेपाली बाजा र पूजा सामग्री रहेका छन् ।’

null

प्लेटफर्मले पर्यावरणमैत्री लोक्ता प्याकेजिङ, सन्देशसहितको उपहार प्याकिङ र विशेष अर्डरमा अतिरिक्त सेवासमेत प्रदान गर्दै आएको छ ।

स्वदेशी डट्‌कममा आफ्नो आवश्यकताअनुसार विशेष अर्डर दिन सकिने जनाइएको छ ।

जस्तै: विशेष ब्रान्डिङसहितको उपहार प्याकिङ विवाह, पूजापाठ वा विदेशस्थित कार्यक्रममा प्रयोग हुने नेपाली सामग्री ढाकाको टाई, पारम्परिक पोसाक र हस्तकलाका सामग्री पाइने कम्पनीले जनाएको छ ।

नेपाली परम्परागत पोसाक दौरा सुरुवाल, जातीय पहिरन, गहना, ढाकाको टाई सेट, पाकेट स्क्वायर, झन्डा टाईपिन, नेपाली बाजा, सारंगी, मादल, मुरचुङ्गा, बाँसुरी, धार्मिक सामग्री, प्रार्थना चक्र, थाङ्का, मूर्ति, मण्डला, विशेष उपहार प्याक, लोक्ता बक्समा सजाइएको, सन्देशसहितको उपहार सेट, हस्तकला  उपलब्ध छन् ।

यसले हस्तकला उत्पादक र महिला समूहसँग साझेदारी गरेर नेपालका स्थानीय हस्तकलाकार, साना उद्यमी र महिला समूहहरूसँग साझेदारी गर्दै आयआर्जनको अवसर सिर्जना गरिरहेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्